ad ad

कारोबार


‘व्यवसायिक वातावरण बनाउनका लागि हामी एक भयौं’

‘व्यवसायिक वातावरण बनाउनका लागि हामी एक भयौं’

नेपालखबर
मंसिर २०, २०७७ शनिबार ११:११,

नेपाल उद्योग वाणिज्य महासंघको नवनिर्वाचित पदाधिकारीको पहिलाे बैठकले मुलुकमा व्यवसायिक वातावरण बनाउन एक हुने प्रतिवद्धता जनाएको छ।

मंसिर १३ गते सम्पन्न भएको ५४ वार्षिक साधारण सभा तथा चुनावबाट निर्वाचित पदाधिकारी बैठकले व्यवसायिक वातावरणका लागि एक हुने प्रतिवद्धता जनाएको हो। नयाँ कार्यसमितिको लागि दुई प्यानलमा विभाजित भएर चुनावमा उत्रेका पादधिकारीहरुले अब भने एक भएर जाने प्रतिवद्धता जनाएका हुन्।

महासंघका अध्यक्ष शेखर गोल्छाले चुनावको ह्यांग ओभर बाँकी नराखी अगाडि बढ्ने प्रतिवद्धता जनाएको बताए।

‘पदाधिकारीको पहिलो बैंठक सम्पन्न भएको छ, चुनावको ह्यांग ओभर केही नराखेर अगाडि बढ्ने प्रतिवद्धता पनि जनाएका छौं,’ अध्यक्ष गोल्छाले भने, ‘हाम्रो एजेन्डा र प्राथमिकतमा पनि छलफल गरेका छौं।’

महांघको वस्तुगत उपाध्यक्ष निर्वाचित भएका अन्जन श्रेष्ठले सामाजिक संञ्जाल ट्विटमा शनिबार सम्पन्न महासंघको पदाधिकारी बैठकबाट एक भइ व्यवसाय वातावरण र लगानीको सुरक्षाको लागि प्रतिबद्ध भएको उल्लेख गरेका छन्।

‘आज सम्पन्न नेपाल उद्योग वाणिज्य महासंघको पदाधिकारी बैंकबाट हामी एक भई व्यवसाय वातावरण र लगानी सुरक्षाको लागि प्रतिबद्ध भयौं,’ उनले पदाधिकारीको फोटो सार्वजनिक गर्दै ट्विटरमा लेखेका छन्।

चुनावमा दुई प्यानलबाट मिश्रित परिणाम आएको थियो। मुख्य गरी वरिष्ठ उपाध्यक्षको पदका लागि हालका अध्यक्ष शेखर गोल्छासहित किशोर प्रधानको प्यानल बनेको थियो भने अर्कोतिर चन्द्र ढकालको प्यानल प्रतिस्पर्धा गरेको थियो।

वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल निर्वाचित भएका थिए भने वस्तुगत तर्फको उपाध्यक्ष प्रधान प्यानलका अन्जन श्रेष्ठ र जिल्ला/नगरमा दिनेश श्रेष्ठ निर्वाचित भएका थिए। त्यस्तै ढकाल तर्फबाट वरिष्ठ उपाध्यक्षसहित एसोसियटतर्फको उपाध्यक्ष रामचन्द्र संघाई निर्वाचित भएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .