ad ad

कारोबार


सेयरबजारमा ७ अर्ब ४० करोडको कारोबार

सेयरबजारमा ७ अर्ब ४० करोडको कारोबार

नेपालखबर
मंसिर १६, २०७७ मंगलबार १०:६,

सेयरबजारमा आज सात अर्ब ४० करोड रुपैयाँको कारोबार भएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार बजार परिसूचक नेप्से ३.३५ अंकले बढेको हो।

एक सय ९७ कम्पनीको कारोबार भएको बजारमा कारोबार अवधिमा ६७ हजार ३ सय ५५ पटक सेयर किनबेच भएको हो। आज कुल १ करोड ८५ लाख कित्ता सेयर बिक्री भएको छ।

कारोबार भएका १२ समूहमध्ये आज ऊर्जा, उत्पादन, अन्य, माइक्रोफाइनान्स र जीवन बीमाको मात्रै कारोबार सूचक हरियो छ। बाँकी समूहको सूचक घटेको छ।

आज नेपाल पुनर्बीमा कम्पनीको ६५ करोडको सर्वाधिक कारोबार भएको छ। त्यस्तै नेपाल टेलिकमको ४४ करोडको, नेपाल लाइफ इन्स्योरेन्सको ३३ करोड, नेपाल बंगलादेश बैंकको २५ करोड र प्रभु बैंकको २० करोड रुपैयाँको कारोबार भएको छ।

आज पुनर्बीमा कम्पनीसहितका ६ वटा कम्पनीको सेयर मूल्य बढेर सर्किट लागेको छ भने एभरेष्ट इन्स्योरेन्स कम्पनी प्रोमोटर सेयरको ९ प्रतिशत बढीले सेयरमूल्य घटेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .