माछापुच्छ्रे बैंक लि.ले पोखरा महानगरपालिका, वडा नं. २१ स्थित दोविल्लापरिसरमा वृक्षरोपण गरेको छ। बैंकको पोखरामा रहेका शाखा कार्यालयहरु तथा पोखरा महानगरपालिका, रघैचौर टोल विकास संस्थासँगको सहकार्यमा उक्त वृक्षरोपण कार्यक्रम सम्पन्न भएको हो।
बैंकले स्वच्छ वातावरण निमार्णमा सघाउ पु¥याउने उद्धेश्यले पोखरा महानगरपालीकाको सहयोगमा उक्त वृक्षरोपण कार्यक्रम आयोजना गरेको हो। उक्त अवसरमा करिब ७० भन्दा बढी बिरुवाहरु रोपिएको थियो।
त्यसैगरी बैंकले मनोरम नगर समाजको संयुक्त सहकार्यमा भक्तपुरको मनोहरामा पनि वृक्षरोपण गरेको छ। भक्तपुरस्थित मनोहरा जग्गा एकीकरण आयोजनाले छुट्याएको मनोरम समाज क्षेत्रको ग्रिनवेल्ट लगायतका स्थानमा वृक्षरोपण कार्यक्रम गरिएको हो।
माछापुच्छ्रे बैंकले आफ्नो सामाजिक उत्तदायित्वअन्तर्गत सुरक्षा निकायका विभिन्न अंगहरुलाई भौतिक सहयोग तथा दैवी प्रकोपबाट प्रभावितहरुको उद्धार तथा पुनस्र्थापनामा महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ भने देशका विभिन्न स्थानहरुमा वृक्षरोपण, वित्तीय साक्षरतालगायतका कार्यक्रमहरुको आयोजना समेत गर्दै आएको छ।
बंैकले पूर्वमा झापादेखि पश्चिममा कञ्चनपुर साथै हिमालदेखि पहाड र तराईसम्म आफ्ना १ सय ३१ वटा शाखाहरु लगायत १ सय १२ शाखारहित बैंकिङ सेवा समेत गरी जम्मा २ सय ४३ स्थानबाट सम्पुर्ण बंैकिङ्ग सुविधा प्रदान गर्नुका साथै, बंैकको देशभर १ सय४४ वटा एटीएमहरुमार्फत सेवा प्दान गरिरहेको छ।

प्रतिक्रिया