ad ad

कारोबार


विजयकुमार शाह बने सबैभन्दा बढी कर तिर्ने व्यक्ति

विजयकुमार शाह बने सबैभन्दा बढी कर तिर्ने व्यक्ति

नेपालखबर
मंसिर ७, २०७७ आइतबार ११:४८,

जावलाखेल डिष्टिलरीका सञ्चालक विजयकुमार शाह यसवर्ष सबैभन्दा बढी कर तिर्ने व्यक्तिको रुपमा सम्मानित हुने भएका छन्।

सरकारले गत आर्थिक वर्ष २०७६/०७७ मा सबैभन्दा बढी करी तिर्ने १५ क्षेत्रगत करदाता छनोट गर्दा सबैभन्दा बढी कर तिर्ने व्यक्तिको सूचीमा शाह परेका हुन्।

आइतबार १५ जनाको नाम आन्तरिक राजस्व विभागले छनोट गरेको हो। हरेक वर्ष मंसिर १ लाई कर दिवसको रुपमा मनाउने क्रममा करदाताहरुलाई सम्मान पनि गरिँदै आएको छ।

यस वर्ष तोकिएको समयमा छनोट गर्न नसके पनि करदाताहरुलाई सम्मान गर्ने उद्देश्यले १५ करदाताको छनोट आइतबार अर्थ मन्त्रालयका राजस्व सचिव रामशरण पुडासैनीको अध्यक्षतामा बसेको बैठकले गरेको हो।

यो वर्ष सबैभन्दा धेरै आयकर तिर्ने कम्पनीको सम्मान सूर्य नेपालले पाउने भएको छ। विप्रेषणतर्फ सबैभन्दा धेरै आयकर तिर्ने आईएमई रेमिट्यान्स कम्पनी छ।

व्यापार व्यवसायतर्फ धेरै आयकर तिर्ने महिन्द्रा गाडीको लागि आधिकारिक बिक्रेता अग्नि इन्कर्पोरेटेड रहेको छ।

निर्याततर्फ सबैभन्दा धेरै आयकर तिर्ने बहुराष्ट्रिय कम्पनी डाबर नेपाल पनि सम्मानित हुँदै छ। यसैगरी हाइड्रोतर्फ सबैभन्दा धेरै आयकर तिर्ने हिमाल पावर छ। कृषि तथा पशुपंक्षी उद्योगमा सबैभन्दा धेरै आयकर तिर्ने अन्नपूर्ण एग्रोभेट प्राइभेट रहेको आन्तरिक राजस्व विभागले जनाएको छ।

सबैभन्दा धेरै कर तिर्ने बैंकमा नबिल बैंक देखिएको आन्तरिक विभागका एक अधिकारीले जानकारी दिए।

उनले भने, ‘सहकारीतर्फ छिमेकी लघुवित्त, बीमातर्फ नेपाल पुनर्बीमा कम्पनी शिक्षण सेवातर्फ सबैभन्दा धेरै आयकर तिर्ने मणिपाल मेडिकल बलेज, पर्यटन व्यवसायतर्फ तारागाउँ रिजेन्सी रहेका छन्।’

गत आर्थिक वर्ष घोराही सिमेन्टले सबैभन्दा धेरै भ्याट दाखिला गराएको र मध्यमस्तरीय करदातामा पछिल्लो समय आक्रामक बजार विस्तार गरिरहेको कामना सेवा विकास बैंक परेको आन्तरिक राजस्वले जनाएको छ।

यी करदाताहरुलाई अर्थमन्त्री विष्णु पौडेलको हातबाट सम्मानको कार्यक्रम समेत राखिने ती अधिकारीले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .