ad ad

कारोबार


एनआईसी एसियाको आकर्षक मुद्दती निक्षेप योजना : जम्मा गरेको रकम ७ वर्ष ७ महिनामा दोब्बर हुने

एनआईसी एसियाको आकर्षक मुद्दती निक्षेप योजना : जम्मा गरेको रकम ७ वर्ष ७ महिनामा दोब्बर हुने

नेपालखबर
मंसिर ४, २०७७ बिहिबार ७:१७,

एनआईसी एसिया बैंकले आकर्षक ‘डबल डिपोजिट’ योजना ल्याएको छ। विभिन्न चामत्कारिक फाइदायुक्त निक्षेप योजनाहरु सञ्चालन गर्दै आइरहेको बैंकले चामत्कारिक फाइदा भएको ‘डबल डिपोजिट’ मुद्दती निक्षेप योजना सार्वजनिक गरेकोे हो।

दीर्घकालीन रुपमा लगानी गरी उच्च र आकर्षक प्रतिफल चाहने व्यक्तिगत र संस्थागत दुवै निक्षेपकर्ता ग्राहकहरुको लागि यो योजना ल्याएको छ।

योजनाअन्तर्गत व्यक्तिगत निक्षेपकर्ताको हकमा सुरुमा ‘डबल डिपोजिट’ मुद्धति निक्षेप योजनामा जम्मा गरेको रकम ७ वर्ष ७ महिनाको अवधिमा डबल हुनेछ भने संस्थागत निक्षेपकर्ताको हकमा जम्मा गरेको ८ वर्ष ८ महिनाको अवधिमा रकम डबल हुनेछ।

यो योजनामा सहभागी हुनको लागि न्यूनतम रकम १० हजार रुपैयाँ छ। ‘डबल डिपोजिट’ मुद्दती निक्षेप योजनाको समयअवधि सकिएपछि प्राप्त हुने दोब्बर रकममा नियमअनुसार सम्पूर्ण आयकर कट्टा भइसकेको हुनाले ग्राहक महानुभावहरुले दोब्बर रकम नै प्राप्त गर्नेछन्।

उक्त निक्षेप अवधिको अन्त्यमा प्राप्त हुने दोब्बर रकम कर कट्टा भएपश्चात रहेकाले ग्राहक महानुभावहरुले थप फाइदा पुग्ने बैंकले विश्वास लिएको छ । यस योजना अन्तर्गत ग्राहक महानुभावहरुले उक्त मुद्दती निक्षेप खातामा रहेको रकमको ९० प्रतिशतसम्म कर्जा सुविधा समेत लिन सकिने व्यवस्था रहेको छ।

बैंकले मुलुकभर ३२७ शाखा कार्यालयहरू, ४७० एटिएम, १०२ वटा एक्स्टेन्सन काउण्टर एवं ७३ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ। बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब २ अर्ब ६५ करोडभन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ।

वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .