माछापुच्छ्रे बैंक लिमिटेडले नेपालीहरुको दोस्रो ठुलो चाड तिहारको अवसरमा डिजिटल देउसी भैलोको आयोजना गरेको छ।
देउसी भैलोमा सहभागी हुन सहभागीहरुले बैंकको मोबाइल बैंकिङ सेवामा आधारित सन्देश मुलक देउसी भैलो गीत भिडियो सहितबनाएर बैंकको आधिकारिक फेसबुक पेजको म्यासेन्जरमा पठाउनुपर्ने छ।
यसरी प्राप्त भिडियो मध्ये सर्वोत्कृष्ट प्रस्तुतीलाई ५० हजार प्रदान गरिनेछ। सर्वोत्कृष्ट प्रस्तुती बैंकको निर्णायक समितिले निर्णय गर्ने छ।
सहभागीहरुले बढिमा ३ मिनेट सम्मको भिडियो यही मंसिर १ गतेसम्म पठाउनु पर्ने छ।
कोरोनाभाइरसको जाखिमले गर्दा अघिल्ला वर्षहरुमा जस्तो घरघरमा गएर देउसी भैलो खेल्ने अवस्था नरहेकोले आफूसँग प्रतिभा रहेका व्यक्तिलाई लक्षित गरी माछापुच्छ्रे बैंकले उक्त देउसी भैलो कार्यक्रम संचालन माल्याएको हो।
बैंकले बिशुद्ध बैंकिङ सेवाको साथ बिभिन्न समयमा ग्राहकलक्षित यस्ता प्रतियोगिताको आयोजना गर्देै आएको छ।
Shares

प्रतिक्रिया