ad ad

कारोबार


त्रिवेणी समूहका निर्देशक संघई भन्छन्ः नेतृत्व पाए कोरोना प्रभावितलाई प्याकेज नै बनाएर काम गर्छौँ (भिडियो)

त्रिवेणी समूहका निर्देशक संघई भन्छन्ः नेतृत्व पाए कोरोना प्रभावितलाई प्याकेज नै बनाएर काम गर्छौँ (भिडियो)

नेपालखबर
कात्तिक २८, २०७७ शुक्रबार १२:५६,

रामचन्द्र संघई त्रिवेणी समूहका निर्देशक हुन्।

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन नजिकिँदै गर्दा व्यवसायीहरु वरिष्ठ उपाध्यक्षका उम्मेदवारद्वय चन्द्र ढकाल र किशोर प्रधानको प्यानलमा बाँडिएर चुनावी दौडमा उत्रिएका छन्।

संघईले पनि ढकाल प्यानलबाट एसोसिएट उपाध्यक्षमा उम्मेदवारी दर्ता गराइसकेका छन् भने यतिखेर चुनावी प्रचारमा व्यस्त छन्। उनले आफूहरुले नेतृत्व पाए कोरोना प्रभावित व्यवसायीको लागि प्याकेज बनाएर काम गर्ने प्रतिबद्धता जनाएका छन्।

ramchandra sanghai 2

यस्तो छ उनको आग्रह (उनकै शब्दमा) :
‘सबैलाई अभिवादन गर्न चाहन्छु, नजिकै आइरहेको दीपावली तथा छठको अवसरमा सम्पूर्ण उद्योगी व्यवसयाी मित्रहरु मान्यवर, यस त्रिवेणी समूहका ग्राहकहरु तथा सम्पूर्ण देशवासीहरुमा म हृदयदेखि नै शुभकामना व्यक्त गर्न चाहन्छु।

स्वदेशमा हामी त्रिवेणी समूहअन्तर्गत विभिन्न क्षेत्रहरु कृषि, ऊर्जा, बैंकिङ, खाद्यान्न, उत्पादनमूलक उद्योगहरु, बीमा कम्पनी तथा सेवामूलक क्षेत्रमा योगदान पुर्याउँदै व्यवस्थापन तहमा नेतृत्व लिएर अगाडि बढिरहेका छौँ।

हाल तिहार तथा दीपावलीपछि हुन गइरहेको नेपाल उद्योग वाणिज्य महासंघको ५४औँ वार्षिक साधारणसभा तथा नयाँ नेतृत्व छनोटको लागि एसोसिएटतर्फको उपाध्यक्षमा उम्मेदवारी दिएको यहाँहरुलाई जानकारी गराउन चाहन्छु।

ramchandra sanghai 3

महासंघको यो ५४औं साधारणसभाले नयाँ नेतृत्व प्रदान गर्दैछ। जसमा मैले एसोसिएट उपाध्यक्षमा उम्मेदवारी दर्ता गराइसकेको छु। लामो समय म महासंघको कार्यकारिणी समितिमा रहेर काम गरिसकेको छु।

मैले अब उपाध्यक्ष भएर काम गर्न चाहेको छु। यसमा सबै उद्योगी व्यवसायीको साथ रहने अपेक्षा राखेको छु। अहिले व्यवसायीहरुले पनि त्यसमा साथ दिने कुरा व्यक्त गरिरहनुभएको छ। मलाई हौसला प्रदान गरिरहनुभएको छ।

वरिष्ठ उपाध्यक्षमा चन्द्र प्रसाद ढकालको नेतृत्व हुने गरी हामीले प्यानल नै बनाएर उम्मेदवारी दिएका छौँ।

ramchandra sanghai 4

अहिले कोभिडको कारणले व्यवसायीहरु एकदम मारमा परेका छौँ। उनीहरुको पुनरुत्थान ठूलो आवश्यकता रहेको छ। हामीले नै नेतृत्व पाएका खण्डमा एक प्याकेज नै निर्माण गरेर व्यवसायीको हकहितको लागि काम गर्नेछौँ।

म आफू सधैँ व्यवसायीहरुको साथ सहयोगको लागि तयार रहेको प्रतिबद्धता जनाउन पनि चाहन्छ। अहिले नै हामी कोभिड प्रभावितहरुको लागि प्रोजेक्टकै तयारी गरिरहेका छौँ।

हामीले व्यवसायीको हितमा तथा सधैँ उनीहरुको साथमा रहिरहने भएको कारण हामीलाई सम्पूर्ण उद्योगी व्यवसायीले आफ्नो अमूल्य मत दिनुहुन्छ भन्ने आशा पनि गर्दछु।’

भिडियो –

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .