एभरेष्ट बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुका लागि १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।
सञ्चालक समितिको बुधबार सम्पन्न भएको बैठकबाट ५ प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस सेयर (कर समेत) गरी सो मात्राको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
प्रस्तावित लाभांशलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा बैंकको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ।

प्रतिक्रिया