नेपाली ‘इ–कमर्स’ क्षेत्रको अग्रणी कम्पनी सस्ताेडील डट कम (Sastodeal.com : SD) ले कर्मचारी स्टक स्वामित्व योजना आरम्भ गरेको छ।
नेपाली इ–कमर्स सन्दर्भमा यो पहिले तथा हालसम्मको एकमात्र कम्पनी हो। विगत तिन वर्षदेखि कम्पनीमा कार्यरत कर्मचारीहरु यस योजनामा सहभागी हुन सक्नेछन्।
सस्टोडीलका नियन्त्रक अनूप शाक्यको अनुमान अनुसार आउँदो दुई वर्ष भित्र यो योजनाको कुल पुँजीको मुल्यांकन घटीमा दश करोड रुपैयाँ हाराहारी पुग्नेछ।
कम्पनीका संस्थापक कार्यकारी अधिकृत सीईओ अमुन थापा भन्छन्, ‘कम्पनीको उतोरोत्तर प्रगतिको लागि कर्मचारीहरुको स्थायित्व उत्प्रेरणाको महत्व बुज्ने बोर्ड हाम्रो सौभाग्यले हामीलाई जुराएको छ।’
हाम्रा कम्पनीका सदस्यहरुको मध्य उमेर २३ वर्ष रहेको छ। यस अर्थमा सदस्यहरुले आफ्नो जीवनकै सबैभन्दा उर्जासिल समय यस कम्पनीको हितको लागि लगानी गरिराखेका छन्। अत कर्मचारी स्टक स्वामित्व योजना थालनी गरि आफ्ना कर्मचारीहरुलाई कम्पनीकै साझेदार बन्ने अवसर प्रधान गर्न पाउदा ‘कम्पनी व्यवस्थपन’ लाई ज्यादै खुसी लागेको छ।’
योजनामा कर्मचारीहरु के कसरी सहभागी हुन सक्ने छन् भन्ने कुरा उनीहरुको कार्यरत अवधी तथा कार्य सम्पादन मुल्यांकनको आधारमा निर्धारण गरिने छ।
प्रतिक्रिया