कारोबार


निर्वाचनको मुखैमा रहेको उद्योग वाणिज्य महासंघका महानिर्देशक खतिवडाले दिए राजीनामा

निर्वाचनको मुखैमा रहेको उद्योग वाणिज्य महासंघका महानिर्देशक खतिवडाले दिए राजीनामा

नेपालखबर
कात्तिक १८, २०७७ मंगलबार ८:२१,

उद्योग वणिज्य महासंघको निर्वाचन नजिकिँदै गर्दा महासंघका महानिर्देशक धरणीधर खतिवडाले राजीनामा दिएका छन्। उनले आइतबार दिएको राजीनामा स्वीकृत समेत भइसकेको छ।

महासंघको साधारणसभा र निर्वाचन मंसिर ११, १२ गते काठमाडौंमा हुँदै छ। खतिवडाको कार्यकाल निर्वाचन अवधिसम्म अर्थात् मंसिर मसान्तसम्म थियो तर उनले कात्तिक २९ गतेदेखि लागू हुने गरी राजीनामा दिएको नेपालखबरलाई बताए।

‘मैले आफ्नो योग्यता क्षमताको कदर नहुने देखिएपछि राजीनामा दिएको छु, आफूले बुझाएको यो राजीनामामा राजीनामा वा पदत्याग दुवै कुरा उल्लेख गरेको छु’, उनले भने, ‘आत्मसम्मानको रक्षा हुँदैन भन्ने लाग्यो, जसकारण अब महासंघमा निरन्तरता दिनुहुँदैन भन्ने लागेर राजीनामा दिएको हुँ। मेरो आफ्नै अनुभवहरु छन्। ३० वर्षभन्दा बढीको पेशागत अनुभवले अब पनि यसरी काम गर्नुहुँदैन भन्ने लागेपछि राजीनामा दिएको हुँ।’

उनले जीवनको उत्तरार्धमा आफू रहेको बताउँदै यस अवस्थामा आफ्नो अनुभवको कदर नहुने देखिएपछि बाहिरिनु नै उचित देखेर पद छोडेको बताए।

खतिवडा नेपाल सरकारको पूर्वसचिव हुन्। योभन्दा अघि पनि उनी महासंघको महानिर्देशक रहिसकेका छन्। प्रदीपजंग पाण्डे अध्यक्ष निर्वाचित हुँदा उनी महानिर्देशकमा नियुक्त भएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad