हल्ट प्राइज आईओई र पुल्चोक क्याम्पसको नेक्स्टजेन संस्थाको संयुक्त सहकार्यमा शनिबार उद्यमशीलता सम्बन्धी टक सिरिज आयोजना हुने भएको छ।
उद्यमी टक सिरिजको यो पाचौं श्रृंखला हो। ‘ब्रांडिङ योर प्रोडक्ट’ शीर्षकमा केन्द्रित रहने कार्यक्रमका लागि सेलिब्रेटी अतिथिको रुपमा नेटफिल्कसको वृत्तचित्रमा फिचर भएका डेविड क्यारोल, एक लोकप्रिय पाकिस्तानी मोमिन सकिब, मिस इन्डिया युनिभर्स २०१५ सेकेन्ड रनरअप नभेली देसमुखको साथै इशा फाउण्डेशनका एक योगी स्वयंसेवकको उपस्थित हुनेछन्।
डेविड क्यारोल पार्सनस् स्कुल अफ डिजाइन्सका सहप्राध्यापक जसले क्याम्ब्रिज आनालाइटिकालाई आफ्नो डाटा पाउन मुद्दा हालेका कारण विश्वव्यापी प्रख्यात भएका थिए, उनी नेटफिल्कसको ‘द ग्रेट भएका छन्।
यस्तै पाचौं श्रृंखलामा मिस इन्डिया युनिभर्स २०१५ सेकेन्ड रनरअप विजेता, मोडल नभेली देसमुख सेलिब्रेटी पाहुनाको रुपमा उपस्थित हुनेछिन्।
यस श्रृंखलामा मोमिन सकिब नामक एक सक्रिय मोटिभेस्नल वक्ता तथा एक्टिभिस्ट हुन्। उनको ‘जज्वात बदल्दिया’, ‘मारो भाइ मारो’ एकदमै भाइरल भएको थियो।
कार्यक्रममा वक्ताहरुले प्रोडक्टको ब्रांडिङ गर्ने विषयमा आफ्नो धारणा, ज्ञान र अनुभव साट्ने छन्।
उक्त कार्यक्रममा वक्ताहरुले आफ्नो अनुभव आदनप्रदान गर्नेछन्।
Shares

प्रतिक्रिया