ad ad

कारोबार


अर्थमन्त्री पौडेल भन्छन् : पुँजीगत खर्च बढाउने योजनामा छु

अर्थमन्त्री पौडेल भन्छन् : पुँजीगत खर्च बढाउने योजनामा छु

नेपालखबर
कात्तिक ८, २०७७ शनिबार ९:२४,

अर्थमन्त्री विष्णु पौडेलले पूँजीगत खर्चको कमजोर अवस्थालाई सुधार गर्न नीतिगत प्रबन्धहरुलाई सच्याउनुपर्ने बताएका छन्।

कतिपय कानूनी प्रबन्धहरुका कारण पूँजीगत खर्च कमजोर अवस्थामा रहेकाले त्यस्ता कानुनहरुलाई सुधार गर्नुपर्ने आवश्यकता रहेको अर्थमन्त्री पौडेलले बताउनु भएको छ ।

उनले कतिपय कानुनी नियमगत प्रबन्धहरु अथवा अरु चिजहरुका कारण पूँजीगत खर्चमा बाधा सिर्जना गरेकोले त्यस्ता चिजहरुमा सुधार गर्दै पूँजीगत खर्चलाई बढाउने योजनामा आफू रहेको बताए। यस्तै वर्तमान अवस्थमा कोरोनाले सिर्जना गरेको चुनौतिलाई समाना गर्दै कुनै पनि आयोजनालाई निरन्तरता दिई खर्च बढाउने रणनीतिमा आफू रहेको अर्थमन्त्री पौडेलले बताए।

‘अहिले तुलनात्मक रुपले अपेक्षित मात्रामा पूँजीगत खर्च हुन नसकिरहेको जुन अवस्था छ यो अवस्थामा सुधार ल्याउनका लागि हामीले कोभिडले सिर्जना गरेका चुनौतिलाई समाना गर्ने अलग्गै योजना रहन्छ’, उनले भने, ‘त्यसबाहेक हाम्रा कतिपय प्रबन्धहरु कानुनी नियमगत प्रबन्धहरु छन् वा अरु चिजहरु जसले पूँजीगत खर्चमा बाधा सिर्जना गरिरहेका छन् भनेदेखि ती चिजहरुमा पनि हामी समग्रतामा समीक्षा गर्छौं र आवश्यक निर्णय लिदै अगाडि बढ्छौं र पूँजीगत खर्चको कमजोर अवस्थामा पनि हामी उल्लेख्य सुधार ल्याउँछौं।’

राजस्व परिचालनको पाटो पनि अहिलेको परिस्थितिमा चुनौतिपूर्ण रहेको अर्थमन्त्री पौडेलले बताए। बन्दाबन्दीका कारण आर्थिक क्रियाकलापमा संकुचनको अवस्था देखापरेको र त्यसले उत्पादन, बजार र आम्दानीमा प्रभाव पारेकाले राजश्व संकलनमा चुनौती थपिएको बताए। तरपनि चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा भएको राजस्व संकलनको स्थिति अनुसार लक्ष्यको नजिक पुग्ने सम्भावना देखिएको पौडेलले बताए।

‘अहिलेसम्मको स्थिति हेर्दा के देख्छौं भने राजस्व परिचालनको पाटो हाम्रा निम्ति अलिकति चुनौतिपूर्ण बनेर देखापरेको छ। बीचमा बन्दाबन्दीको अवस्था पनि रहयो। आर्थिक क्रियाकलापमा काफिमात्रामा संकुचनको अवस्था देखा प¥यो । त्यसको प्रभाव उत्पादनमा, बजारमा र रेभिन्युमा पनि परेको कुरा सत्य हो। अहिले पहिलो त्रैमासिकको अवस्थालाई विश्लेषण गर्दाखेरी हामी राजश्वको जुन लक्ष्य हो त्यसको नजिक नजिक नै पुगेका छौं’, उनले भने, ‘हामी बाँकी समयावधिलाई स्वास्थ्य सतर्कता अपनाउँदै उत्पादनका क्रियाकलापहरुमा जोड दिने रोजगारी प्रवद्र्धनमा जोड दिने र आर्थिक क्षेत्रको जुन संकुचन छ त्यसलाई हटाउनका निम्ति पहल गर्ने तयारीमा र मनस्थितिमा छौं।’ उनले आर्थिक वर्षको अन्त्यसम्म पुग्दा राजस्वको लक्ष्य पूरा गर्ने वा त्यसको नजिक पुग्ने पूर्वानुमान गरिउको बताए।

यस्तै सरकार र राज्यका विभिन्न किायहरुको खर्चको सम्बन्धमा मितव्ययिता अपनाउने विषयमा आफ्नो ध्यान केन्द्रीत भएको पनि अर्थमन्त्री पौडेलले बताए। सरकारका खर्चहरुमा मितव्ययिता कायम गर्ने, अर्थतन्त्रलाई पुरानै लयमा फर्काउने लगायतको विषयमा आफू रणनीतिक रुपमा अगाडि बढ्ने तयारीमा रहेको पनि उनले स्पष्ट पारे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .