ad ad

कारोबार


भुवन केसी अर्थमन्त्रीको प्रेस सल्लाहकार

भुवन केसी अर्थमन्त्रीको प्रेस सल्लाहकार

नेपालखबर
कात्तिक ६, २०७७ बिहिबार १२:५६,

पत्रकार भुवन केसी अर्थमन्त्री विष्णु पौडेलको प्रेस सल्लाहकार नियुक्त भएका छन्।

कान्तिपुर टिभी, राजधानी दैनिकलगायत विभिन्न मिडियामा दुई दशक पत्रकारिता गरेका केसी मिडिया र राजनीतिमा विशेष दक्खल राख्छन्।

त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता र राजनीतिमा शास्त्रमा एमए, फिलिपिन्सको एटिनियो डि मनिला युनिभरसिटीबाट सञ्चारमा एमए, नर्वेको युनिभरसिटी अफ अस्लो समर स्कूलबाट मिडिया स्टडिजमा पोष्ट ग्राज्युएट गरेका केसीले पत्रकारितामा पीएचडी गर्दैछन्।

सेन्टर फर मिडिया रिसर्च नेपालका अध्यक्ष भइसकेका केसीको सम्पादन तथा सहलेखनमा विभिन्न पुस्तक तथा अनुसन्धानमूलक लेखहरु प्रकाशित छन्।

यसअघि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा मिडिया एण्ड कम्युनिकेसन प्रमुखमा कार्यरत् केसी सूचनामा सहज पहुँच, पत्रकारको हकहित तथा सुरक्षा र पत्रकारिता क्षेत्रको प्रवर्धन गर्नुपर्छ भन्ने मान्यता राख्छन्।

अर्थमन्त्री पौडेलले यसअघि डा. प्रकाशकुमार श्रेष्ठलाई आर्थिक सल्लाहकार नियुक्त गरेका थिए। श्रेष्ठ नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक हुन्।

याे पनि: अर्थमन्त्री पौडेलको सल्लाहकारमा राष्ट्र बैंकका कार्यकारी निर्देशक श्रेष्ठ नियुक्त

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .