ad ad

कारोबार


कोभिड १९को संक्रमण बढेको भन्दै खुम्बु क्षेत्रमा पर्यटकलाई प्रतिबन्ध

कोभिड १९को संक्रमण बढेको भन्दै खुम्बु क्षेत्रमा पर्यटकलाई प्रतिबन्ध

नेपालखबर
कात्तिक ६, २०७७ बिहिबार ११:५४,

खुम्बु पासाङल्हामु गाउँपालिकाले पर्यटक ल्याउन प्रतिबन्ध लगाएको छ।

गाउँपालिकामा कोभिडको संक्रमण फैलिएको भन्दै गाउँपालिकाले हेलिकप्टर तथा एयरलाइन्स कम्पनीहरुलाई स्थायी वासिन्दा र गाउँपालिकामा कार्यरत कर्मचारी बाहेक अन्यलाई नल्याउन सुचना जारी गरेको हो।

गाउँपालिका क्षेत्रभित्र कोभिड १९ फैलन नदिन लुक्ला उडान हुने एयरलाइन्स र गाउँपालिका क्षेत्रमा उडान हुने हेली कम्पनीहरुले सुरक्षा विधी अपनाएपनि गाउँपालिकामा कोभिडका सक्रमित बढेको भन्दै पर्यटकलाई रोक लगाएको हो।

गाउँपालिकाले जारी गरेको सुचनामा उल्लेख गरिएको छ ‘संक्रमणलाई थप फैलन नदिन लज तथा होटल व्यवसायीबाट सेवा प्रवाह गर्न नसक्ने जानकारी आएको छ।

चाड पर्व मनाउन यस गाउँपालिकाभित्र आउन चाहने गाउँपालिकाका स्थायी नागरिकहरु र गाउँपालिक क्षेत्रभित्र सेवा प्रवाह गरिरहेका शिक्षक, कर्मचारी तथा राष्ट्रसेवकहरुको हकमा अनिवार्य पिसिआर नेगेटेभ पेश भर्य स्थायी बसोबासको परिचय पत्र र कर्मचारी परिचय पत्रको आधारमा’ गाउँपालिका आउने सक्ने उल्लेख गरेको छ।

गाउँपालिकाले एयरलाइन्स र हेलिकप्टर कम्पनीलाई अन्य यात्रुका लागि कार्तिक ७ पछि अर्को निर्णय नभएसम्म खुम्बु क्षेत्रभित्र नल्याउन निर्देशन दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .