ad ad

कारोबार


दसैँमा उपत्यका छोड्ने २२ हजार मात्रै !

दसैँमा उपत्यका छोड्ने २२ हजार मात्रै !

नेपालखबर
कात्तिक ५, २०७७ बुधबार ७:३३,

दसैँको समयमा सामान्यतया दैनिक १ देखि डेढ लाखले उपत्यका छोड्ने गरेकोमा यो वर्ष २२ हजार मानिस मात्रै बाहिरिएका छन्। विश्व महामारी कोभिड–१९ को कारण यो वर्ष उपत्यका छोड्नेहरुको संख्या कम भएको हो।

यातायात व्यवसायीले हरेक वर्ष अग्रिम टिकट काटेर यात्रुको व्यवस्थापन गर्दै आएका थिए। यो वर्ष यात्रु नै नभएको भन्दै व्यवसायीले अग्रिम टिकट काट्नु नपर्ने भन्दै खुलाएनन्।

महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्याङ्कअनुसार असोज ४ गतेको तुलनामा कात्तिक ४ गते ३ हजार यात्रुमात्रै बढेका छन्। गत महिना असोज ४ गते १९ हजारले काठमाडौं उपत्यका छोडेकोमा दसैँको चौथो दिन कात्तिक ४ गते २२ हजारले मात्रै उपत्यका छोडेका छन्।

ट्राफिक प्रहरीका अनुसार दसैँ सुरु भएपछि कात्तिक १ गते घटस्थापनाको दिन २१ हजार ४ सय ७९ जना मानिस काठमाडौं नाकाबाट बाहिर गएको देखिन्छ। सो समयमा ४ हजार ७ सय २१ वटा सवारीसाधन बाहिरिएका छन्।

कात्तिक २ गते २३ हजार ३ सय ९२ जना मानिसले काठमाडौं उपत्यका छोेडेका छन्। दुई र चार पाङ्ग्रे गरेर ४ हजार ६ सय ५८ वटा सवारी बाहिरिएका छन्।

कात्तिक ३ गते २३ हजार ८ सय ३६ जना मानिसले काठमाडौं उपत्यका छोडेका छन्।

गत वर्षको दसैँमा १८÷१९ हजार गाडी उपत्यका छोड्ने गरेकोमा ५ हजार पुग्नै मुस्किल भएको छ।

यो अवधिमा काठमाडौं उपत्यका भित्रिने यात्रु पनि झण्डै बाहिरिनेजतिकै देखिन्छ। कार्तिक ४ गते १४ हजार ९ सय ७१ जना मानिस काठमाडौं उपत्यकाभित्र प्रवेश गरेका छन्।

यसअघिका ३ दिन दैनिक १६ हजार मानिस उपत्यका भित्रिएको देखिएको छ।

यातायात व्यवसायीका अनुसार चैतमा लकडाउनअघि र लकडाउनपछि धेरैले उपत्यका छोडेकाले दसैँमा काठमाडौं छोड्नेको संख्यामा निकै कमी आएको हो।

चैत ११ देखि गरेको लकडाउनका कारण असोजसम्म लामो दूरीका यातायात चल्न सकेका थिएनन्। सरकारले असोज १ देखि लामो दूरीका गाडी खुल्ला गरेसँगै ६ लाख ७० हजार मानिसले काठमाडौं उपत्यका छाडेका छन्।

यो समयमा उपत्यका छाड्ने र भित्रिनेमा धेरै भिन्नता छैन। असोज १ देखि ६ लाख २० हजार यात्रु उपत्यका भित्रिएको ट्राफिक प्रहरीले उल्लेख गरेको छ।

No description available.

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .