ad ad

कारोबार


एनएमबी बैंक सेती जलविद्युत आयोजनाको मुख्य लगानीकर्ता

एनएमबी बैंक सेती जलविद्युत आयोजनाको मुख्य लगानीकर्ता

नेपालखबर
असोज ३०, २०७७ शुक्रबार ११:३८,

एनएमबी बैंक लिमिटेडले २५ मेघावाटको सेती नदी जलविद्युत आयोजनाको मुख्य लगानीकर्ता भई वित्तीय व्यवस्थापन गरेको छ।

गण्डकी प्रदेशको कास्की जिल्लामा रहेको माछापुच्छ्रे गाउँपालिकामा निर्माण भईरहेको जलविद्युत परियोजना भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडद्वारा निर्माण गर्दैछ।

यस परियोजनामा एनएमबी बैंक लि. अगुवा बैंक रहेको छ भने सह-वित्तीयकरणमा सहभागी अन्य बैंक तथा वित्तीय संस्थाहरुमा कर्मचारी सञ्चय कोष र कृषि विकास बैंक लिमिटेड रहेका छन्।

२५ मेघावाट क्षमता भएको सेती नदी जलविद्युत आयोजनाको कुल लागत रु ५ अर्ब रहेको छ। जसमध्ये बैकहरुको लगानी कुल रु. ३.५० अर्बको हुनेछ। यो आयोजनासमेत एनएमबी बैंक लि.ले कुल ४३ वटा जलविद्युत आयोजनाहरुमा लगानी गरिसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .