ad ad

कारोबार


दशैं नजिकिएसँगै बजारमा चहलपहल बढ्यो, व्यापार भने छैन

दशैं नजिकिएसँगै बजारमा चहलपहल बढ्यो, व्यापार भने छैन

नेपालखबर
असोज ३०, २०७७ शुक्रबार ८:५२,

दशैं नजिकिएसँगै बजारमा चहलपहल बढेको देखिएपनि व्यापार नभएको व्यवसायीहरुले बताएका छन्।

काठमाडौं उपत्यकाकाका मुख्य बजार क्षेत्र, न्यूरोड, महाबौद्ध, इन्द्रचोक, असन, मखन टोल लगायतको क्षेत्रमा दशैं नजिकिएसँगै किनमेल गर्नेहरुको चहलपहल बढेको देखिन्छ।

कोभिड १९ संक्रमणको जोखिम भए पनि मानिसहरु आवस्यक सामग्री किनमेल गर्नका लागि बजार पुग्ने गरेका छन्। जसका कारण मुख्य-मुख्य बजार क्षेत्रमा चहलपहल विस्तारै बढ्दै गएको छ। बजारमा मानिसहरुको आवागमन बढेको भए पनि व्यापार नभएको व्यवसायीहरुले बताएका छन्।

न्यूरोड मखनटोलस्थित सुरज आर्केड व्यापार संघका महासचिव सुरेश श्रेष्ठले व्यापार नै नहुँदा कतिपय व्यापारीहरु पलायन हुने स्थितिमा पुगेको बताए। कोभिड १९ रोकथामका लागि लामो समय लकडाउन हुँदा समेत सरकारबाट कुनै राहत नपाएको गुनासो समेत उनले गरे। अहिले व्यवसाय खुल्ला भएपनि तीन/चार दिनमा एकपटक मात्रै बोहनी हुने गरेको उनले बताए। दशैंको बेलामा पनि व्यापार नहुँदा झनै समस्यामा परेको श्रेष्ठले बताए।

कोभिड संक्रमणको जोखिमका कारण भिडभाड हुने बजार क्षेत्रमा नजान सरकारले आग्रह गरिरहेको छ। यस्तो समयमा अत्यावस्यक बाहेकका सामग्री खरिद गर्न मानिसहरु बजार गएको पनि देखिँदैन। त्यसैले पनि लत्ताकपडा, जुत्ता, मोबाइल, गरगहना लगायतको व्यापार कम भएको व्यापारीहरुको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .