ad ad

कारोबार


कोरोनाको समयमा कुनै पनि कर्मचारी निष्काशन गरिएको छैनः नर्भिक

कोरोनाको समयमा कुनै पनि कर्मचारी निष्काशन गरिएको छैनः नर्भिक

नेपालखबर
असोज २९, २०७७ बिहिबार १५:२५,

नर्भिक अस्पतालले कोभिडको समयमा कुनै पनि कर्मचारीलाई बलजफ्ती निष्काशन नगरेको जनाएको छ।

ठूलो संख्यामा स्टाफ नर्सलाई विदामा राखिएको, सफाईकर्मीहरुलाई जबरजस्ती निष्काशन गरिएको भन्ने जस्ता समाचारमा कुनै सत्यता नरहेको भन्दै अस्पतालले आन्तरिक कर्मचारी व्यवस्थापन विनियम बमोजिम उमेरको हदबन्दी नाघेका र कार्य सम्पादनको आधारमा श्रम ऐन बमोजिम आवश्यक सुविधा दिई केही कर्मचारीहरुलाई सेवानिवृत गरिएको स्पष्ट पारेको छ। सो विषयलाई बढाईचढाई गरी भ्रम छर्ने काम भएकोप्रति नर्भिकले खेद प्रकट गरेको छ।

‘नर्भिक हस्पिटलले यसअघि सम्पूर्ण कर्मचारीहरुको तलबसुविधा व्यक्तिगत खाता लक्ष्मी बैंकमा खोली जम्मा गरिँदै आएकोमा आगामी आश्विन महिनादेखि लक्ष्मी बैंकको सट्टामा युनाइटेड फाइनान्स कम्पनीमा खाता खोली कर्मचारीहरुको तलब जम्मा गरिदिने यस हस्पिटल व्यवस्थापन समितिको निर्णयअनुसार सुरु गर्न लागिएको’ बिहीबार विज्ञप्तिमार्फत स्पष्ट पारेको छ।

यस्तै अस्पतालले लामो लकडाउनको अवस्थामा अस्पतालको व्यस्तता ज्यादै कम भएकोले कही महिना श्रम ऐन र नियमावलीमा भएको व्यवस्था अनुसार नै साप्ताहिक रुपमा ४८ घण्टाको सट्टा ३६ घण्टा काम गराएर सोहीअनुसार तलब दिइएको र लकडाउन हटी हस्पिटलको व्यस्तता बढेपछि भाद्रदेखि फेरि सबै कर्मचारीहरुलाई साप्ताहिक ४८ घण्टाको काम लगाई सोही आधारमा तलब दिइँदै आएको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .