कारोबार


मापदण्डविपरीत बियर उत्पादन गरेपछि गोर्खा ब्रुअरीलाई ‘कारबाही’

मापदण्डविपरीत बियर उत्पादन गरेपछि गोर्खा ब्रुअरीलाई ‘कारबाही’

नेपालखबर
असोज २८, २०७७ बुधबार ३:४२,

गोर्खा ब्रुअरीले उत्पादन गरिरहेका विभिन्न ब्रान्डका बियरमा मापदण्ड नपुगेको पाइएको छ।

आन्तरिक राजश्व विभागका अनुसार गोर्खा ब्रुअरीद्वारा उत्पादित कार्ल्सबर्ग, टुबोर्ग, गोर्खा, सानमिगल बियर मापदण्डविपरीत पाइएका हुन्।

विभागका महानिर्देशक विनोदबहादुर कुँवरका अनुसार मापदण्डविपरीत उत्पादन भएको भेटिएपछि नयाँ अन्तःशुल्क निर्धारण गरिएको छ।

उनले भने, ‘बियरमा अहिले प्रतिलिटर अन्तःशुल्क १ सय ६५ रुपैयाँ छ। मापदण्डविपरीत उत्पादन भएको पाइएपछि ४ सय ३० रुपैयाँ कायम गरिएको छ। यो आफैंमा कारबाही हो।’

विभागका अनुसार बियरमा जौको मात्रा ५० प्रतिशत हुनैपर्छ। तर गोर्खा ब्रुअरीले आफ्ना बियरमा जौको मात्रा कम राखेको पाइएको हो।

अहिले विभागले गोर्खा ब्रअरीका बियरका लागि तोकेको अन्तःशुल्क दर उच्च अल्कोहल हुने पेय पदार्थलाई जत्तिकै हो।

कसरी बढायो कर?
विभागका महानिर्देशक कुँवरका अनुसार अन्तःशुल्क ऐनमै हरेक पेय पदार्थको वर्गीकरण गरिएको छ। त्यसबमोजिम उल्लिखित बियरमा मापदण्ड पूरा नगरेको भेटिएपछि कारबाहीस्वरूप अन्तःशुल्क बढाइएको हो।

आइन्दा यस्तो बियर उत्पादन नगर्न कम्पनीलाई सचेतसमेत गराइएको छ।

किन भयो यस्तो उत्पादन?
कम्पनीका अनुसार बियरमा कनिका र जौको मिसावट गर्ने क्रममा कामदारको लापरबाहीका कारण यस्तो हुन गएको हो।

कम्पनीका एक कर्मचारीले नेपालखबरसँग भने, ‘बन्दाबन्दीका कारण दक्ष कामदार फ्याक्ट्रीमा नहुँदा मात्रा मिलाउन नसिकएको हो।’

यसबारे आन्तरिक राजश्व विभागले एक हप्ता कम्पनी नै बन्द गराएर अध्ययन गरेको थियो। कम्पनीले आइन्दा यस्तो उत्पादन नगर्ने प्रतिबद्धता जनाएको विभागले जनाएकाे छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad