ad ad

कारोबार


होटल रेड डाइमण्डमा कोठा भाडा लिएर नक्कली महको व्यापार

होटल रेड डाइमण्डमा कोठा भाडा लिएर नक्कली महको व्यापार

नेपालखबर
असोज २६, २०७७ सोमबार ७:३६,

काठमाडौं महानगरको उपभोक्ता हित संरक्षण समितिको अनुगमन टोलीले सोमबार बिहान गोङ्गबु मित्रनगरमा अनुगमन गरेको छ।

सो क्रममा होटल रेड डाइमण्डको कोठा ३०२, ३०४ र ३०६ गरी ३ वटा कोठामा नक्कली मह बनाउने सामान भेटिएको महानगरले जनाएको छ। टोली होटलमा पुग्दा व्यापारी मह बेच्न बाहिर गएका थिए। होटल सञ्चालकले आफूसँग व्यापारीको सम्पर्क फोन नम्बर नभएको बताए।

अनुगमन टोलीले महानगरीय प्रहरी वृत्त बालाजुको सहयोगमा होटलको निगरानी थालेको छ। अहिले २ जना व्यापारी सम्पर्कमा आएका र उनीहरुलाई नियन्त्रणमा लिएर थप प्रक्रिया अघि बढाइने महानगरले जनाएको छ।

होटल सञ्चालक लीलावल्लभ पराजुलीका अनुसार उनीहरुमध्ये असोज २० गते २ जना आएर कोठा लिएर बस्न थालेका थिए। २२ गते ४ जना थपिए। हिजो अर्थात् असोज २५ गते ६ जना आए। उनीहरु मह व्यापारी हौँ भन्थे। कोठामा बस्थे। दिउँसो मह बेच्न जान्थे। बेलुका फर्किन्थे।

पराजुलीकी श्रीमतिीकाअनुसार उनीहरु मह बेच्ने पुराना व्यापारी हुन्। यसअघि २०७६ को पुस, माघ महिनामा आएर व्यापार गरेर फर्केका थिए ।

होटलमा उनीहरुको नाम थर भएको कुनै विवरण छैन। सञ्चालक भन्छन्, ‘पहिले पनि आउने जाने गरेकाले परिचय पत्र खोजेनौं। उनीहरु महोत्तरीतिरका हुन्।’
अनुगमन टोलीको नेतृत्व गरिरहेका महानगरको कृषि विभागका प्रमुख हरिबहादुर भण्डारीका अनुसार महको चाका मैदाको हुन सक्छ। अन्य रसायन के के प्रयोग गरेका छन्, अध्ययन हुँदै छ।

अनुगमन टोलीले होटलका ३ वटा कोठामा भएका सामान बटुलेर एउटै कोठामा ताला लगाएको छ । त्यहाँ ९ किलो १८६ ग्रामका २८ पोका सामान र १३ टिन माहुरीको चाका छ। यस्तै अन्य सानातिना धेरै पोका छन् ।

अनुगमनमा रहेका उपभोक्ता अधिकार मञ्चका अध्यक्ष माधव तिमिल्सेनाले लेवलबिनाका सामान बेच्नु सरासर गैरकानुनी भएको बताए। त्यसमा पनि मह शतप्रतिशत नक्कली भएको उनको भनाइ छ।

होटलका कर्मचारीले एउटा पोको खोलेर देखाए । त्यहाँ भएको बाक्लो र च्यापच्याप हुने तरल पदार्थमा चाका डुवाइएको थियो ।
नक्कली मह कारोवार सम्बन्धी थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .