नेपाल विद्युत् प्राधिकरणले आज (शनिबार) काठमाडौं उपत्यकासहित ६ जिल्लाका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ।
प्राधिकरणले प्रकाशन गरेको सूचनाअनुसार आज काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न स्थानसहित काभ्रे, सुनसरी र धनकुटामा विद्युत कटौती गरिने भएको हो।
जसअनुसार सुनसरीको धरान तथा इटहरीका विभिन्न क्षेत्रमा बिहान ७ बजेदेखि नै विद्युत कटौती भइसकेको छ। अब त्यहाँ दिउँसो ३ बजे मात्रै विद्युत् सञ्चालन हुनेछ।
यस्तै धनकुटाका विभिन्न क्षेत्रमा पनि बिहान ७ बजेदेखि नै विद्युत कटौती गरिएकाे छ भने त्यहाँ अब साँझ ५ बजे मात्रै विद्युत् आउने प्राधिकरणले जनाएको छ।
यस्तै काभ्रेमा अहिले बिहान ९ बजेदेखि तथा काठमाडौंको जोरपाटी वितरण केन्द्रअन्तर्गतका क्षेत्रमा बिहान १० बजेदेखि विद्युत कटौती हुने प्राधिकरणको सूचनामा उल्लेख छ। यस क्षेत्रमा विद्युत साँझ ५ बजे मात्रै आउने प्राधिकरणले जनाएको छ।
यस्तै पुल्चोक, कुलेश्वर र लगनखेल वितरण केन्द्रअन्तर्गतका क्षेत्रमा अहिले बिहान ११ बजेदेखि विद्युत् कटौती हुने प्राधिकरणले सूचनामार्फत जानकारी दिएकाे छ।
विद्युत् कटौतीबारे विस्तृत सूचना हेर्न यहाँ क्लिक गर्नुहोला अथवा तलकाे सूचना हेर्नुहाेला।
प्रतिक्रिया