ad ad

कारोबार


सार्वजनिक यातायात पूर्ण क्षमतामै सञ्चालन गर्न सीसीएमसीमा प्रस्ताव

सार्वजनिक यातायात पूर्ण क्षमतामै सञ्चालन गर्न सीसीएमसीमा प्रस्ताव

नेपालखबर
असोज १६, २०७७ शुक्रबार १४:१०,

भौतिक पूर्वाधार तथा यातायात एवम् शहरी विकासमन्त्री वसन्तकुमार नेम्बाङले दशैँ तिहारसम्म सार्वजनिक यातायात सहज हुने बताएका छन्।

शुक्रबार संघीय संसद अन्तर्गत विकास तथा प्रविधि समितिले आयोजना गरेको छलफलमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री नेम्वाङले विश्वव्यापी कोरोना महामारी र भारीबर्षाका कारण विभिन्न राजमार्ग तथा पुलहरुमा क्षति पुग्दा सार्वजनिक यातायात सञ्चालनमा कठिनाई भएपनि नेपालीहरुको ठूला चाडपर्व दशैँतिहार अगावै सहज भइसक्ने बताएका हुन्।

उनले प्राकृतिक विपतलाई रोक्न नसकिएपनि त्यसको व्यवस्थापनमा मन्त्रालय तदारुकताका साथ लागेको उल्लेख गरे।

उनले भने ‘भारी वर्षाका कारण बाटोमा क्षति पुगेको छ। राजमार्गहरु निर्वाध रुपमा सञ्चालन गर्नका लागि मन्त्रालयले चौविसै घण्टा काम गर्ने योजना बनाएको छ। २ सय ५० भन्दा बढी स्थानमा निर्माण उपकरण राखेर बाटो सोहोर्ने, पहिरो पन्छाउने काम भइरहेको छ।’

मन्त्री नेम्वाङले बढ्दो कोरोना संक्रमणबीच अस्तव्यस्त अर्थतन्त्रलाई चलायमान गर्न स्वास्थ्य मापदण्ड पालना गर्दै लामो, मध्यम र छोटो दूरीको सवारी साधन खुल्ला गरिएको प्रष्ट पारे। सरकारले कडाईका साथ निर्णय गरेर मात्र नहुने उल्लेख गर्दै उनले सेवाग्राही, व्यवसायी सरोकारवाला सबै अनुशासित भएर लाग्नु पर्ने बताए।

उनले हवाई उडान पूर्ण सीट क्षमतामा सञ्चालन भएको र सरोकारवालाहरुबाट गुनासो समेत आएकाले सार्वजनिक यातायात सञ्चालन मापदण्ड संशोधनका लागि कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) मा प्रस्ताव पेश गरिएको समेत बताएका छन्। उनले मापदण्ड संशोधन भएर आएपछि भने स्वास्थ्य मापदण्ड अपनाउँदै सार्वजनिक यातायात सामान्य अवस्थामै सञ्चालन हुने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .