ad ad

कारोबार


नबिल बैंकद्वारा सेयर धितो कर्जा सुरुवात

नबिल बैंकद्वारा सेयर धितो कर्जा सुरुवात

नेपालखबर
असोज ११, २०७७ आइतबार १५:५७,

नेपाल धितोपत्र बजार नेप्से कारोबार हुने सेयरहरु धितो राखी बैंकबाट सस्तो ब्याजदरमा सेयर धितो कर्जा उपलब्ध गराउने नबिल बैंक लिमिटेडले जनाएको छ।

बैंकका अनुसार ५० लाख अथवा सोभन्दा बढीको नबिल शेयर कर्जा वार्षिक ७.७५ प्रतिशतको आकर्षक ब्याजदरमा उपलब्ध हुने छ।

आगामी बडा दशैँको अवसरमा राष्ट्र बैंकको मार्गनिर्देशन भित्र रही नबिल बैंकका सम्पूर्ण शाखाहरुबाट सेयर धितो कर्जा प्राप्त गर्न सकिन्छ।

नबिल बैंक निजी क्षेत्रको अग्रणी बैंक हो। यसका देश भरी ११९ शाखाहरु र १८५ एटीएम काउण्टरहरु रहेका छन्। नबिल बैंकले नेपाली बैंकिङ क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेलेको छ।

देशको पहिलो डिजिटल बैंक बन्ने उद्देश्यले हालै नबिल बैंकले नबिल डिजी बैंकको स्थापना गरेको हो। साथै यसले नेपालको बैंकिङ विकासको ईतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दै आएको छ र यसले ग्राहकको सन्तुष्टि सहित आधुनिक बैंकिङ युगको शुरुवात गर्नु आफ्नो व्यवसायलाई ग्राहकहरुको उच्च सन्तुष्टि प्रदान गर्ने तर्फ केन्द्रित गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .