मेरियट इन्टरनेशनलले आफ्नो ब्रान्ड अलफ्टलाई काठमाडौंमा ‘अलफ्ट काठमान्डु ठमेल’ नाममा सुरुवात गरेको छ।
अलफ्ट काठमान्डु ठमेललाई भारतकै असाध्यै विश्वासिलो आतिथ्य सत्कार व्यवस्थापन कम्पनी शान्ति हस्पिटालिटी म्यानेजमेन्ट सर्भिसेस (एसएचएमएस)ले व्यवस्थापन गरेको छ। जहाँ आकर्षक बार, स्थानीय हस्तकला स्टोर र स्वादिष्ट नेपालीदेखि अन्तर्राष्ट्रिय खाना पाइनेछ।
नेपालकै रात्रि जीवनको केन्द्र मानिने ठमेलको छाँया सेन्टरमा अवस्थित होटलमा १ सय ६७ ठूला कोठा, पाहुनाका लागि पर्याप्त खुला ठाउँ उपलब्ध छन्। पाहुनाले डब्लु एक्सवाइजेड बारमा उत्कृष्ट पेयको मजा लिन सक्नेछन् भने लाइभ एट अलफ्टमा उदीयमान स्थानीय कलाकारका गीत–संगीतका नियमित प्रस्तुतिको मजा कक्टेल्स र मक्टेल्सको स्वादसँगै लिन सकिनेछ।

होटलको सहरी क्याफे स्टाइलको रेस्टुरेन्ट ‘नुक’ मा पूरै दिन क्षेत्रीय र अन्तर्राष्ट्रिय खानाको मजा लिन सकिने छ, अथवा ‘रि–फ्युल बाई अलफ्ट’ बाट चौबीसै घण्टा तुरुन्तै स्न्याक लिन सकिन्छ। त्यसबाहेक होटलमा स्पा, चौबीस घण्टे फिटनेस क्लब तथा पुलसाइडमा ‘अकुवा’ नामक बार छन। हाेटलको छानामा चाँडै ‘नीलगिरि स्काइ लाउन्ज’ तथा होटलको पछाडिपट्टि ‘ब्याकयार्ड’ नामक अलफ्रेस्को लाउन्ज पनि छन्।

अलफ्ट काठमान्डु ठमेलका महाप्रबन्धक विक्रम सिंहले नेपालको राजधानी काठमाडौंमा यसखालको ऊर्जावान ब्रान्ड सुरुवात गर्न पाएकोमा उत्साही भएको बताए। अलफ्टले आतिथ्य सत्कार उद्योगको बजारमा भिन्नै पहिचान निर्माण गर्ने, सहर–प्रोत्साहित पाहुना कोठा, ऊर्जावान लाउन्ज, उत्कृष्ट प्रविधियुक्त सेवा, स्वादिष्ट खाना तथा पेयका विकल्पसहित संसारभरका पाहुनालाई सेवा उपलब्ध गराउन होटल तयार रहेको उनले बताए।

‘अलफ्ट ब्रान्डमार्फत् नेपाल भ्रमणमा आउने नयाँ पुस्ताका भ्रमणकर्ता जो होटलको अनुभव खोजिरहेका हुन्छन् तिनीहरूको अग्रगामी संवेदनशील सोचलाई पूरा गराउन हामी भरमग्दुर प्रयास गर्नेछौं,’ महाप्रबन्धक सिंहले भने। होटलमा उच्च गतियुक्त इन्टरनेट सुविधासहितका दुईवटा ‘स्टेट अफ दि आर्ट’ सम्मेलन कक्ष, १ हजार ३ सय ९५ वर्गफिट क्षेत्रफलको ब्याङक्वेट हल पनि छ जहाँ व्यापारिक भेटघाट, सम्मेलन दिउँसो तथा राति आयोजना गर्न सकिन्छ।

हाल विश्वका २६ देशमा १ सय ४० भन्दा बढी अलफ्ट होटल सञ्चालनमा छन् । अलफ्ट नयाँ पुस्ताको होटल हो जसले संगीत, ढाँचा र प्रविधिका माध्यमबाट पाहुनालाई बढिभन्दा बढी मनोरञ्जन प्रदान गर्दै आएको छ ।
Shares

प्रतिक्रिया