ad ad

कारोबार


कोरोना उपचारको लागि प्रयोग भइरहेको औषधि नेपालमै उत्पादन सुरु

कोरोना उपचारको लागि प्रयोग भइरहेको औषधि नेपालमै उत्पादन सुरु

नेपालखबर
असोज ७, २०७७ बुधबार ९:४२,

विश्वभरी कोरोना उपचारमा प्रयोग भइरहेको फाविपिराविर-२०० औषधि नेपालमा पनि उत्पादन सुरु भएको छ। नेपाली औषधि कम्पनी देउराली–जनता फर्मास्युटिकल्स प्रालिले उत्पादन सुरु गरेको हो। 

यो औषधि नेपालमै पहिलो पटक उत्पादन सुरु गरी बजारमा उपलब्ध गराएको कम्पनीले जानकारी दिएको छ।

‘फाविपिराविर एन्टीभाइरल औषधिलाई विश्वका धेरै मुलुकहरुले कोभिड–१९ का बिरामीहरुमा परीक्षणपश्चात प्रयोग गरिरहेका छन्। हालसम्म फाविपिराविर औषधि जापान, चीन, रसिया, अमेरिका, टर्की, क्यानडा, भारत र बंगलादेश लगायत धेरै देशमा सरकारले कोभिड–१९ को उपचारमा बिरामीलाई अत्याबश्यक भए प्रयोग गर्न अनुमति प्रदान गरिसकेका छन्। नेपालीको उपचारमा पनि सहयोग हुने हुनाले उत्पादन सुरु गरिएको छ’ कम्पनीद्वारा जारी विज्ञप्तीमा भनिएको छ।

कम्पनीेले आफ्नो दायित्व बोधगरि कोभिड–१९बाट संक्रमित ब्यक्तिलाई औषधि अभावको कारणले हतास हुन नपरोस् भन्ने उद्देश्यका साथ नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, औषधि व्यवस्था बिभागबाट उत्पादनको अनुमति लिई नेपालमा नै पहिलोपटक यो औषधि उत्पादन सुरु गरिसकेको बताएकाे छ।

कोभिड–१९ को उपचारका लागी क्लिनिकल अध्ययन प्रयोजनको लागि उपलब्ध गराउने गरि औषधि व्यवस्था बिभागबाट मंगलबार स्विकृति प्राप्त गरेकाे कम्पनीले जनाएकाे छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .