ad ad

कारोबार


टिपर चालकहरु भन्छन्ः सरकारले रातिमात्रै चल्न दिएर हामीमाथि अन्याय गर्‍यो, आन्दोलनमा उत्रिन्छौँ

टिपर चालकहरु भन्छन्ः सरकारले रातिमात्रै चल्न दिएर हामीमाथि अन्याय गर्‍यो, आन्दोलनमा उत्रिन्छौँ

नेपालखबर
असोज ६, २०७७ मंगलबार ५:५०,

काठमाडौं र नजिकका जिल्लामा चल्ने टिपरका चालकले सरकारले आफूहरुमाथि अन्याय गरेको बताएका छन्।

चालकहरुले टिपरलाई राति ९ बजेदेखि बिहान ४ बजेसम्म मात्रै चल्न दिएको भन्दै आपत्ति जनाएका हुन्।

टिपर चालकहरुको संस्था सवारी चालक समाजका अध्यक्ष नारायण पन्तले भने, ‘सरकारले अन्य सवारीसाधनलाई निर्बाध चल्न दिएको छ, हामी टिपरलाई भने रातिको समयमा मात्र अनुमति दिनु अन्यायपूर्ण छ।’

रातिको समयमा सवारी चलाउनुपर्दा टिपर चालकलाई सास्ती भएको पन्तको गुनासो छ।

उनले भने, ‘ट्रक, बस चलाए दिउँसै भित्र छिर्न पाउने, टिपरलाई चाहिँ रातिको समयमा मात्र किन?’ त्यस्तै उनले लकडाउनले चालकहरुलाई खान समेत अभाव भएको र सुत्ने समयमा गाडी चलाउँदा अप्ठ्यारो भएको बताए।

सरकारले अन्यायपूर्ण व्यवहार नसच्याए देशभरिका चालक आन्दोलनमा उत्रिन बाध्य हुने उनको भनाइ छ।

त्यस्तै राति टिपर चलाउँदै आएका धादिङ घर भएका एक टिपर चालकले सुत्ने समयमा दैनिकजसो काम गर्नुपर्दा गाह्रो भएको बताए। उनले भने, ‘कहिलेकाहीँ परि नै हाल्छ तर अहिले त दिउँसो चल्नै दिँदैन, अनि हरेक रात गाडी चलाउँदा हामीलाई गाह्रो हुन्छ।’

चालकलगायत मजदुरहरुलाई कोरोना र त्यसपछिको लकडाउनले समस्यामा पारेको उनले बताए।

सवारीचालक समाजमा सात/आठ सय जना सवारीसाधन चालकहरु आबद्ध छन्। त्यस्तै २ हजारजति टिपरहरु यो संस्थासँग जोडिएका छन्।

यो काठमाडौं वरपरका जिल्ला भएर काठमाडौं हुँदै ढुवानीका साधन बोक्ने टिपर चालकहरुको संस्था हो। यसमा अन्य सवारीचालकहरु पनि जोडिएका छन्।

सवारीचालक समाजले कामको सिलसिलामा दुर्घटनामा परेर घाइते भएका चालक र तिनका परिवारलाई आर्थिक सहयोग पनि गर्दै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .