ad ad

कारोबार


कस्तो बन्नेछ गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दोस्रो टर्मिनल?

कस्तो बन्नेछ गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दोस्रो टर्मिनल?

नेपालखबर
असोज ५, २०७७ सोमबार १३:१३,

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा दोस्रो अन्तर्राष्ट्रिय टर्मिनल भवन बन्ने भएको छ। सरकारले विमानस्थलमा आधुनिक स्तरको टर्मिनल बनाउन विभिन्न डिजाइन तयार पारेको छ।

नेपाल नागरिक उड्डयन प्राधिकणका निर्देशक इन्जिनियर प्रदिप अधिकारीले आधुनिक भवन बनाउन डिजाइनको काम अघि बढेको बताएका छन्। उनले कस्तो डिजाइनको टर्मिनल भवन बनाउने भन्ने विषयमा छलफल चलिरहेको बताएका छन्।

‘अहिले एउटा टर्मिनल भवन रहेको छ। अहिले त्यसबाटै आन्तरिक र अन्तर्राष्ट्रिय उडानको लागि प्रयोग गरिन्छ’ उनले भने ‘यात्रुको चापको आधारमा आन्तरिक र अन्तर्रास्ट्रिय छुट्टाछुट्टै प्रयोगमा ल्याइन्छ।’

उनले अन्तर्राष्ट्रिय विमानस्थलमा ३-४ वटा सम्म टर्मिनल भवन हुने गरेको बताए ।

संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेशकुमार भट्टराईले गौतम बुद्ध अन्तर्रास्ट्रिय विमानस्थल भैरहवामा दोस्राे टर्मिनल भवनको निर्माणको तयारी सुरु भएको बताएका छन्। उनले त्यसका लागि प्रस्तावित विभिन्न डिजाइन सामाजिक सञ्जालमा राखी सुझाव समेत मागेका छन्।

bhairahawa-air2.jpg

bhairahawa-air3.jpg

 bhairahawa-air4.jpg

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .