कारोबार


दशैँतिहार लक्षित ५० लाख बराबरको उपहार घोषणा गर्दै ग्यापु मार्ट, यसरी हुनेछ वितरण

दशैँतिहार लक्षित ५० लाख बराबरको उपहार घोषणा गर्दै ग्यापु मार्ट, यसरी हुनेछ वितरण

नेपालखबर
असोज ४, २०७७ आइतबार १४:२०,

मुलुकमा लकडाउनल सुरु भएसँगै काठमाडौं उपत्यकामा अनलाइन सपिङ सुरु गरेको ग्यापु मार्केट प्लेसले दशैँतिहारलाई लक्षित गरेर आक्रामक उपहार योजना ल्याउने भएको छ।

ग्यापु डट कमले ‘दशैँतिहार धमाका २०७७’ भनेर ५० लाख रुपैयाँ बराबरको उपहार योजना घोषणा गर्न लागेको ग्यापु मार्टका सञ्चालक ज्ञानेन्द्र खड्काले बताए।

यो योजना असोज ९ गतेदेखि मंसिर ४ गतेसम्म (सेप्टेम्बर २५ देखि नोभेम्बर १९ सम्म) लागू हुँदैछ। यसको घोषणा असोज ९ गते शुक्रबार गर्न लागेको खड्काले नेपालखबरलाई बताए।

यस उपहार योजनामा हरेक दिन गिफ्ट ह्याम्पर र प्रत्येक हप्ता बम्बर उपहार योजना घोषणा हुनेछ। यसमा ३० वटा भेन्डरबाट गिफ्ट ह्याम्पर र १५ देखि २० अन्य मोबाइल वालेट, बाइक कम्पनी, मोटर कम्पनी रहने छन्।

भेन्डर र क्याम्पियन पार्टनर गरेर ४५ वटा पार्टनर यस उपहार योजनामा सहभागी हुने खड्काले बताए। ‘अधिकांश भेन्डरसँग सम्झौता भइसकेको र कतिपयसँग छलफलको चरणमा रहेको छ,’ खड्काले भने, ‘बम्पर योजनामा सकेसम्म गाडी र बाइक ल्याउन खोज्दै छौं।’

यसमा विभिन्न बैंक, पेमेन्ट पार्टनर, भेन्डरहरुसँग सम्झौता भइसकेको उनले बताए।

ग्यापुले दसै तिहारमा बजारमा आक्रमक रुपमा आउने योजना अनुरुप यि कार्यक्रम ल्याउन लागेको उनले बताए। यो अवधिमा अन्य अनलाइन सपिङभन्दा सस्तो सामान दिने र निशुल्क डेलिभरी गर्ने योजना उनको छ।

यो योजना काठमाडौं उपत्यकामा लागू हुनेछ। योजनामा सहभागी हुन प्रत्येक ग्राहकले कम्तिमा एक हजार रुपैयाँको सामान किन्नु पर्नेछ।

यसरी हुनेछ उपहार वितरण
सबैभन्दा पहिला त कुनै पनि बैंक वा मोबाइल वालेटबाट पैसा तिर्दा हरेक ग्राहकले १० प्रतिशत क्यासव्याक प्राप्त गर्नेछन्। 

यसरी ग्यापुबाट सामान किन्ने प्रत्येक ग्राहक लक्की ड्रमा सहभागी हुनेछन्। लक्की ड्रमा समावेश भएकामध्ये हरेक दिन ५ जनाले गिफ्टह्याम्पर पाउनेछन्। ग्यापुमा सामान बेच्ने ३० वटा भेन्डर वा सेलरका सबै सेलर स्पोन्सर हुनेछन्।

ति पाँच जनाले ग्यापु मार्टलाई सामान बेच्ने ३० वटा भेन्डरबाट ३० प्रकारका उपहार पाउनेछन्। ‘जुन बोराभरी प्याक गरेर घर मै उपलब्ध हुनेछन्,’ खड्काले भने।

ग्यापुसँग जोडिएका भेन्डरबाट सामान किन्ने उपभोक्ताले हरेक हप्ता उपहार योजनामा सहभागी हुनेछन्। त्यसरी सहभागी भएका ग्राहकमध्ये लक्की ड्र मार्फत ५ जनालाई १० हजार रुपैयाँ बराबरको उपहार दिइने छ।

यसमा पनि ग्यापुसँग पार्टनर गरिरहेका ३० वटा भेन्डर सहभागी भएका छन्।

जस्तो कि सिभिल, बाल्ट्र ग्यापुको भेन्डर हो। ग्यापुमा सिभिल मलका कुनै पनि पसलमा सामान किन्नेले उक्त उपहार योजनामा सामेल हुन पाउनेछन्। लक्की ड्र गरेर पाँच जनालाई हरेक हप्ता १० हजार रुपैयाँ बराबरको उपहार पाउनेछन्।

त्यस्तै, इसेवा मात्र प्रयोग गरेर ग्यापुको सामान किन्ने ग्राहकमध्येबाट १० जनालाई हरेक हप्ता उक्त उपहार पाउन सक्छन्। यसरी हरेक भेन्डरको छुट्टाछुट्टै उपहार योजना रहेको खड्काले बताए।

त्यस्तै, अर्को उपहार योजना बम्पर उपहार छ। यसमा सबै भेन्डरबाट संयुक्तरुपमा बम्पर उपहार आउने छ। जस्तो कि यो योजनाभरी ग्यापुसँग जोडिएका मोबाइल वालेट प्रयोग गरेर ग्यापुको सामान किन्नेले टिभी वा मोबाइल बम्पर उपहार उक्त मोबाइल वालेटबाट पाउने छन्।

भाइबरबाट किन्न सकिन्छ लोकल खसी, कुखुरा र हाँस
त्यस्तै ग्यापु मार्टले दसैँको बेला खसी खाने चलनलाई कोरोना संकटले असर नगरोस् भनेर लोकल खसी कुखुरा बिक्री सुरु गरेको छ।

अहिले लकडाउन र कोरोना संकटले गर्दा पहिलाको दसैँ जस्तो खसी बजारमा गएर उचालेर किन्ने अवस्था छैन। त्यही रहरलाई पूर्ति गर्न भन्दै ग्यापु मार्टले भाइबरबाटै हेरेर लोकल खसी, कुखुरा र हाँस बिक्री योजना ल्याएको छ।

उपभोक्तालाई सकेसम्म सस्तोमा बेच्ने र घरघरसम्म पु¥याउने योजना रहेको खड्काले बताए।

‘ग्राहकको खसी हेरेर, उचालेर किन्ने रहर पुरा गर्न भाइबरबाट हेर्ने व्यवस्था मिलाएका छौँ,’ खड्काले भने, ‘कसैलाई आफ्नो खसी कस्तो छ भनेर हर्ने मन लागेमा भाइबर कल गर्न सकिनेछ।’
खसी बिक्रीवितरणलाई सहज बनाउने ग्यापुले बाजेको सेकुवासँग सहकार्य गरेको छ।

ग्यापुले काभ्रे, लेले र बाजेको सेकुवामा खसी राखेको छ। अहिले नै बुक गरे पनि उपभोक्ताले चाहेको मितिमा घरमा डेलिभर हुनेछ।

उपभोक्ताले जिउँदै, खुइलाएर वा टुक्राएर जस्तो चायो त्यस्तै उपलब्ध हुने खड्काले बताए। खुइलाएको वा टुक्राएको अतिरिक्त पैसा लाग्ने छैन। बाजेको सेकुवाले खुइलाउने, टुक्राउने काम गर्नेछ।

आजको दिनसम्म जिउँदो खसी किलोको ७९० रुपैयाँमा बिक्री भइरहको खड्काले बताए। बजार भाउ घटेमा घटाउने र बढेमा सकेसम्म नबढाउने योजना रहेको उनले बताए।

बाजेको सेकुवा र व्यापारिबाट उनीहरुले विभिन्न जिल्लाबाट खसी ल्याइरहेका छन्। यो दसैँमा ३ हजार खसी बेच्ने योजना रहेको उनले बताए।

याे पनि: सय दिनमै ग्यापुको रफ्तार : अनलाइन सपिङमा तरंग ल्याउने लक्ष्य

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad