ad ad

कारोबार


जनकपुर-जयनगर चल्ने दुईसेट रेल भोलि जनकपुर आइपुग्ने

जनकपुर-जयनगर चल्ने दुईसेट रेल भोलि जनकपुर आइपुग्ने

शैलेन्द्र महतो
असोज १, २०७७ बिहिबार ९:१६,

बहुप्रतिक्षित जनकपुर-जयनगर चल्ने दुईसेट रेल भोलि जनकपुर आइपुग्ने भएको छ।

झण्डै ६ महिना अघि नै भारतमा निर्माण भएको दुईसेट रेल बिहारको पटनामा राखिएको थियो। भोलि हस्तान्तरण गर्नको लागि रेल जनकपुर आउन लागेको रेल विभागका महानिर्देशक बलराम मिश्रले नेपालखबरलाई जानकारी दिए।

जनकपुरदेखि बर्दिबासम्म रेल सञ्चालनको निम्ति रेल विभागले भारतको सरकारी कम्पन्नी कोकण रेलवेज कर्पोरेसन लिमिटेडसFग रेल किन्ने सम्झौता गरेको थियो। सोही अनुसार भारतको मद्रासस्थित कोकण रेलवेज कर्पोरेसन कम्पनीले निर्माण गरेको दुईसेट रेल रंगरोगन गरी ल्याएर बिहारको पटना नजिकै सुरक्षितसाथ राखिएको थियो।

कोकण रेलवेज कर्पोरेसन कम्पनीसँग उक्त दुईसेट रेल भ्याटसहित झण्डै १ अर्बमा नेपाल सरकारले खरिद गरेको छ।

‘लकडाउनको कारण ल्याउन नसकेर पटनामा सुरक्षित साथ राखिएको दुईवटा रेलसेट दिउँसोसम्म जनकपुर आइपुग्ने छ। एक कार्यक्रमबिच रेल विभागलाई निर्माण गरेको कम्पनीले दुईवटै रेल सेट हस्तान्तरण गर्छ’ विभागका महानिर्देशक मिश्रले नेपालखबरसँग भने ‘रेल निर्माण कम्पनीका पदाधिकारी र रेल्वे विभागका उच्चस्तरीय अधिकारीहरुको सहभागिता रहने छ।’

रेल हस्तान्तरणपछि पुनः दुईवटै रेललाई जयनगर लगेर सुरक्षित साथ राखिने छ।

पहिलो चरणमा भारतको जयनगरदेखि जनकपुरको कुर्थासम्म ३५ किलोमिटर रेल सञ्चालनको निम्ति सम्पूर्ण संरचना तयारी अवस्थामा छ।

दोश्रो चरणमा चल्ने भनिएको जनकपुरको कुर्थादेखि भंगहासम्म १७ किलोमिटरमा लिक बिछ्याउने, लिकमा कालो गिट्टी राख्ने तथा भौतिक संरचाना निर्माणको काम युद्धस्तरमा भइरहेको विभागले जनाएको छ।

पहिलो चरणमा ३५ किलोमिटर रेल सेवा सञ्चालनको लागि केहिदिन अघि रेल विभागले करारमा कर्मचारी भर्ना लिन आवेदन आह्वान गरेको थियो। जयनगरदेखि बर्दिवाससम्म ६९ किलोमिटर लम्बाइको रेल्वे मार्ग ३ खण्डमा बनिरहेको छ।

परियोजनाको प्रथम चरणमा जयनगर–कुर्था ३५ किलोमिटर, दोस्रो चरण अन्तर्गत धनुषाको कुर्थादेखि महोत्तरीको भंगहासम्म १७ किलोमिटर र तेस्रो चरणमा महोत्तरीको भंगहादेखि बर्दिवाससम्म १७ किलोमिटर खण्डमा रेल्वे सेवा सञ्चालन हुने सरकारको योजना थियो।

जस अन्तर्गत पहिलो चरणमा भारतको जयनगरदेखि जनकपुरको कुर्थासम्म ३५ किलोमिटर रेल्वे सेवा सञ्चालनको लागि आवश्यक पूर्वाधार तयार छ भने दोस्रो चरणमा सञ्चालन हुने भनिएको जनकपुरको कुर्थादेखि महोत्तरीको भंगहासम्म १७ किलोमिटरमा लिक निर्माणको काम पनि चाँडै सम्पन्न हुने गरी धमाधम काम भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .