नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी लेखनाथ कोइरालालाई दिइएको छ।
ऊर्जा, जल स्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले वरिष्ठतम उपकार्यकारी निर्देशक लेखनाथ कोइरालालाई निमित्त कार्यकारी निर्देशक तोकेका हुन्।
निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल सकिएसँगै कोइरालालाई निमित्त कार्यकारी निर्देशक तोकिएको ऊर्जा मन्त्री पुनका प्रेस संयोजक दयानिधी भट्टले नेपालखबरलाई बताए।
कोइरालाले घिसिङको अनुस्थितिमा पनि निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी सम्हाल्दै आएका थिए।
घिसिङलाई ऊर्जामन्त्री पुनले सोमबारको मन्त्रिपरिषद बैठकमा अर्को कार्यकालका लागि नियुक्तिको प्रस्ताव लगेका थिए। मन्त्रीपरिषदले निर्णय भने गरेन।
प्रतिक्रिया