ad ad

कारोबार


काठमाडौं महानगरपालिकाले अब अनलाइनबाटै राजस्व संकलन गर्ने

काठमाडौं महानगरपालिकाले अब अनलाइनबाटै राजस्व संकलन गर्ने

नेपालखबर
भदौ २९, २०७७ सोमबार १२:३१,

काठमाडौं महानगरपालिकाले विद्युतीय प्रणालीमार्फत राजस्व निर्धारण तथा संकलन गर्ने भएको छ।

महानगरपालिकाले सोमबार एक अन्तरक्रिया कार्यक्रम आयोजना गरी असोज १ गते देखि विद्युतीय प्रणालीबाट राजश्व निर्धारण तथा संकलन शुभारम्भ गर्ने बताएको छ। कार्यक्रममा महानगरका प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्यालले विद्युतीय प्रविधिमार्फत राजश्व संकलन गर्दा आगामी वर्षमा २० देखि ३० प्रतिशतसम्म राजस्व संकलन बढ्ने अपेक्षा गरिएको बताए।

यसले कर तिर्न ढिलो आउने अथवा आउँदै नआउने प्रवृतिको अन्त्य हुने विश्वास समेत उनले बताए। यो प्रणाली लागू भएपछि कर तिर्न आउनेको संख्या र राजस्वको आधार समेत बढ्ने बताए। असोज १ गतेदेखि सुरुमा केही वडामा परीक्षणको रुपमा सुरुवात गरिने र विस्तारै सबै वडामा लागू गरिने अर्यालले बताए।

अनलाइन माध्यमबाट कर निर्धारण र संकलन गर्न सकिने भएपछि दैनिक कति राजस्व संकलन भयो भन्ने थाहा पाउन सकिने पनि अर्यालले बताए। यसबाट कुन क्षेत्रमा के कति कर उठाउन बाँकी छ भन्ने तथ्याङ्क पनि आउने भएकाले काम गर्न सहज हुने विश्वास उनले गरे।

महानगरपालिकाले यस अघि नक्सा स्वीकृतिमा विद्युतीय माध्यमबाट हस्ताक्षर गर्न मिल्ने प्रणाली सार्वजनिक गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .