मल आयात नगर्ने दुई कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस भएको छ। होनिको मल्टिपल र शैलुङ इन्टर प्राइजेजलाई कालोसूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयसमक्ष सिफारिस भएको हो।
कृषि सामग्री कम्पनी लिमिटेडले आज सार्वजनिक खरिद अनुगमन कार्यालयलाई पत्र लेख्दै कालोसूचीमा राख्न आग्रह गरेको हो।
योभन्दा अघि उक्त कम्पनीसँगको सम्झौता रद्द गरी धरौटीबापतको रकम समेत सरकारले जफत गरिसकेको छ। यी दुवै कम्पनीले २५/२५ हजार मेट्रिकटन युरिया मल आयात गर्ने सम्झौता सरकारी निकाय कृषि सामग्री कम्पनी लिमिटेडसँग गरेका थिए।
उक्त सम्झौताअनुसार भदौ २० गतेसम्म सबै मल नेपाल भित्रिसक्नुपर्ने थियो।
3
Shares
प्रतिक्रिया