ad ad

कारोबार


मल नल्याउने कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस

मल नल्याउने कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस

नेपालखबर
भदौ २९, २०७७ सोमबार ११:४७,

सरकारसँग सम्झाैता गरेर रासायनिक मल नल्याउने दुई ठेकेदार कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस भएको छ।

होनिको मल्टिपल र शैलुङ इन्टर प्राइजेजलाई कालोसूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालय समक्ष सिफारिस गरिएको हो।

कृषि सामग्री कम्पनी लिमिटेडले आज साेमबार सार्वजनिक खरिद अनुगमन कार्यालयलाई पत्र लेख्दै कालोसूचीको लागि सिफारिस गरेको जनाएकाे छ।

यसअघि ती कम्पनीसँगको सम्झौता रद्द गरि धरौटी बापतको रकम समेत सरकारले जफत गरिसकेको छ।

यी दुवै कम्पनीले २५।२५ हजार मेट्रिकटन युरिया मल आयात गर्ने सम्झौता सरकारी निकाय (कृषि सामग्री कम्पनी लिमिटेड) सँग गरेका थिए। उक्त सम्झौत अनुसार भदौ २० गते सम्म सबै मल नेपाल भित्रिसक्नुपर्ने थियो।

कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसालले उनीहरुसँगकाे ठेक्का रद्द गरी मल नल्याउने ती दुई कम्पनीलाई कारबाही गर्ने प्रतिबद्धता जनाएका थिए।

krishi-mal.jpg

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .