महालक्ष्मी विकास बैंक लिमिटेडको परासी शाखाले पृथ्वीचन्द्र अस्पताल, रामग्राम नवलपरासीलाई विभिन्न सामग्रीहरु सहयोग गरेको छ। बैंकले गत असार ३१ गते संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरेको हो।
सहयोग गरिएका सामग्रीमा तातो चिसो पानी आउने वाटर डिस्पेन्सर, वाटर प्युरिफायर तथा वाटर मोटर मेसिन रहेको बैंकले जनाएको छ। उक्त शाखाले सो अस्पताल परिसरमा एक कार्यक्रम आयोजना गरी उक्त सामाग्रीहरु हस्तान्तरण गरेको हो । बिरामीहरुका लागि पर्याप्त मात्रामा तातो चिसो पानीको व्यवस्था मिलाउने उद्देश्यले बैंकद्वारा अस्पताललाई वाटर डिस्पेन्सर र वाटर प्युरिफायर वितरण गरिएको हो। यसका साथै उक्त अवसरमा अस्पतालका बिरामीहरुका लागी फलफुल पनि वितरण गरिएको थियो।
बैंकले आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अझ प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया