कारोबार


संकटका बेला किसानले मल पाएनन्, धान उत्पादनमा गम्भीर असर पर्ने (भिडियो)

संकटका बेला किसानले मल पाएनन्, धान उत्पादनमा गम्भीर असर पर्ने (भिडियो)

नेपालखबर
भदौ २५, २०७७ बिहिबार १०:४९,

सुदूरपश्चिमका किसानहरु यतिवेला धान खेतमा मल राख्न रायासनिक मल नपाएर समस्यामा परेका छन्। एकातिर कोभिड १९ संक्रमणको उच्च जोखिम छ भने अर्कोतिर बजारमा मल नपाउने अवस्था छ। संकटको बेलामा सहजै मल नपाउँदा किसानहरु झनै समस्यामा परेका छन्। मल नपाउँदा धान उत्पादन नै नहुने हो की भन्ने चिन्तामा किसानहरु छन्।

धान बालिमा प्रयोग गर्न रासायनिक मल नपाउँदा सुदूरपश्चिमका किसानहरू मर्कामा परेका छन्। धानमा मल हाल्ने समय हुँदा मलको जोहो गर्न किसानहरूलाई यतिबेला सास्ती छ। एकातिर कोरोना भाइरस संक्रमणको जोखिम अर्कोतिर धानमा प्रयोग गर्न मल नपाउँदाको चिन्ताले किसानहरु जोखिम मोलेरै भएपनि मल खरिद गर्न भौँतारिनुपर्ने बाध्यता छ।

मल किन्न बिहानै देखि स्थानीय सहकारी संस्था बाहिर दिनभर कुरेर बस्नुपर्ने दैनिकि नै बनेको छ। कोभिड १९ संक्रमणको दर दैनिक बढ्दै गएको अवस्थामा किसानहरुलाई आफ्नो स्वास्थ्यको भन्दा मल नपाउने चिन्ताले सताएको छ।

अहिले मल आपूर्ती गरिरहेका कुनै निकायमा मलको मौज्दात छैन। साल्ट ट्रेडिङ कर्पोरेशन धनगढीका कार्यालय प्रमुख केशवप्रसाद पाण्डेले साल्ट ट्रेडिङले आपूर्तिको ३० प्रतिशत जिम्मा पाएपनि अहिले धनगढी शाखामा मलको मौज्दान शुन्य भएको बताए।

उनले विरगंजमा ३४ हाजार मेट्रिकटन युरीया आएको र त्यसमध्ये १० प्रतिशत (३ हजार २ सय मेट्रिकटन) सुदूरपश्चिम प्रदेशको लागि छुट्याइएको बताए। सो मध्ये अहिलेसम्म ७ सय मेट्रिकटन मल आइसकेको र बाँकी मल आउने क्रममा रहेकाले किसानलाई सकेसम्म सहज वातावरण्मा मल उपलब्ध गराउन लागिएको बताए।

मल आपूर्तिको ७० प्रतिशत जिम्मा कृषि सामाग्री कम्पनी लिमिटेडले पाएको छ। तर यो कम्पनीको धनगढी शाखामा अहिले मलको मौज्दात शून्य छ। जसका कारण पनि किसानहरुले मल पाउन सकेका छैनन्। यसरी किसानहरूले समयमै मल र बिउ नपाउने समया नयाँ होइन। यो समस्या हरेक वर्ष देखिदै आएको छ। सरकारले समयमै आपूर्ति व्यवस्थालाई सहज बनाउन ध्यान नदिदा किसानहरु कोभिड १९ संक्रमणको जोखिम मोलैरै मलको खोजी गर्न बाध्य भएका छन्।

सुदूरपश्चिम प्रदेशको भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनितादेवी चौधरीले भने कोभिड १९ संक्रमणको प्रतिकुल समयको बाबजुद पनि मलको आपूर्तिलाई सहज बनाउन प्रभावकारी काम भइरहेको दावी गरिन्।

मल आपूर्ति गरिरहेका कृषि सामाग्री र साल्ट टे«डिङ कर्पोरेशनसँग अहिले पोटास बोहक अन्य मल उपलब्ध छैन। डीएपी मल न्यून मात्रामा पाइएपनि युरिया मलको भने हाहाकार छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad