कारोबार


शाओमीको रेडमी ९सी र मी स्मार्टब्यान्ड ५ नेपालमा, कुनको मूल्य कति?

शाओमीको रेडमी ९सी र मी स्मार्टब्यान्ड ५ नेपालमा, कुनको मूल्य कति?

नेपालखबर
भदौ २५, २०७७ बिहिबार ८:५३,

शाओमी, ग्लोबल टेक्नोलोजी लिडरले आज रेडमी ९सी का साथ नेपालको बजेट लाइन—अपमा नयाँ उपकरण थपेको घोषणा गरेको छ।

ब्राण्डले नेपालमा मी स्मार्टब्यान्ड ५ सार्वजनिक गर्दै पहिलो पटक वेयरेबल श्रेणीमा प्रवेश गरेको छ। अडियो श्रेणीमा पनि नयाँ उत्पादन—रेडमी सोनिकबेस वायरलेस इयरफोनको घोषणा गरेको छ।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भने, ‘प्रत्येक रेडमी उपकरणको साथ हामी सबैका लागि प्रविधि उपलब्ध भएको सुनिश्चितताको नजिक पुगेका छौं। रेडमी सिरिजको लोकप्रियता हाम्रा ग्राहकहरुले हामी प्रति देखाएको विश्वासको प्रमाण हो। रेडमी ९सी को साथ हाम्रो उद्देश्य भनेको हामीले बजेट खण्डमा विकास गरेका प्रविधिहरुलाई सबैमाँझ पुर्याउनु हो।’

शाओमी एक उत्तम प्रविधि कम्पनी बन्न चाहेको उनको भनाइ छ। उनले भने, ‘हामी मी स्मार्टब्यान्ड ५ का साथ नेपालमा नयाँ श्रेणी ल्याउँन पाउँदा निकै खुशी छौं र हाम्रा मी फ्यान र प्रयोगकर्ताहरुले मन पराउनेछन् भन्ने आशा राखेका छौं।’

रेडमी ९सी — ट्रीपल क्यामेरा च्यामपियनका साथ विशाल डिस्प्ले
यो नयाँ इन्ट्री लेबलको स्मार्टफोन इमर्सिभ भ्यूइंग अनुभवका लागि ६.५३ इन्च डट ड्रप डिस्प्ले र ५००० एमएएच उच्च क्षमताको ब्याट्रीद्वारा सुसज्जित छ जसले प्रयोगकर्तालाई अधिक सन्तुष्टि प्रदान गर्दछ । रेडमी ९सी मा मिडियाटेक हेलियो जी३५, अक्टा कोर गेमिंग चिपसेटको विशेषता छ जुन २.३जीएचजेड सम्म जान्छ ।

रेडमी ९सी मा एआई ट्रीपल क्यामेरा छ जसले विभिन्न अवस्थामा पनि स्पष्ट तस्वीरहरु खिच्छ । यसमा १३ एमपी मुख्य क्यामेरा, २ एमपी डेप्थ सेन्सर, २ एमपी म्याक्रो क्यामेरा र एलईडी फ्ल्याश छ । एआई सेल्फी क्यामेरा ५ एमपी सेन्सरद्वारा संचालित छ ।

फोनको पछाडि एक टेक्सचर डिजाइन छ जसले औंलाको छापहरु बस्न दिदैँन ताकी उपकरणले सबै समय आफ्नो यथावत रुप कायम गर्न सक्छ । एआई फेश अनलकले तपाईंको उपकरण अनधिकृत पहुँचबाट सुरक्षित रहेको सुनिश्चित गर्दछ । यस सिरिजका पूर्ववर्तीहरु जस्तै रेडमी ९सीले डुअल ४जी स्ट्यान्डबाई सीम कार्ड र समर्पित माईक्रोएसडी कार्ड स्ल्ट सर्पोट गर्दछ जुन ३.५एमएम हेडफोन ज्याकका साथ आउँदछ । अन्य रेडमी उपकरणहरु जस्तै, रेडमी ९सी ले पनि उच्च स्तरको गुणस्तर समर्थन गर्दछ ।

मी स्मार्टब्यान्ड ५ : सबैका लागि उन्नत फिटनेश ट्रयाकिंग
उपभोक्ताहरुको लोकप्रिय फिटनेश साथी अब पहिला भन्दा ठुलो र उत्कृष्ट भएको छ । मी स्मार्ट ब्यान्ड ५ मा ठुलो १.१इन्च कलर एमोलेड डिस्प्ले छ जसको स्क्रिन पूर्ववर्तीको भन्दा २०५ ठुलो हो । प्रयोगकर्ताहरुले ६५ भन्दा बढि विभिन्न डिस्प्ले र ६ स्लिक ब्यान्ड कलर चयन गरेर आफ्नो अदभुत स्टाइल व्यक्त गर्न सक्नेछन् । भाइब्रेन्ट डिस्प्ले र स्पोर्टी डिजाइनका साथ मी स्मार्टब्यान्ड ५ ले फिटनेशलाई फेशनेबल बनाएको छ ।

मी स्मार्टब्यान्ड ५ ले ग्राहकको आवश्यकतालाई पुरा गरेको छ । ५ एटीएम वाटर—रेसिस्टान्ट—प्रमाणिकरणका साथ उपकरणलाई प्रयोगकताले पानी भित्र वा बाहिर—पुलदेखि ट्रयाक वा पानीको तरंगदेखि शावरसम्म संगै लग्न सक्छन्। ११ वटा व्यायाम मोडहरु सहित—इन्डोर साइकलिंग, इलिप्टिकल, योग, रोइंग मेशिन र जम्प रोप सहित मी स्मार्टब्यान्ड ५ ले चाहे तपाई जसरी कसरत गरेपनि तपाईंको वर्कआउट प्रगतिको विवरण कैद गर्छ।

फिटनेशबाहेक मी स्मार्टब्यान्ड ५ को पीपीजी हार्ट रेट सेन्सर अब ५०५ एकुरेट छ जसले तपाई सधै आफ्नो निन्द्राको स्थिति, तनाव स्तर वा मासिक चक्रमा अधिक सूचक डाटाको साथ आफ्नो हृदय स्वास्थ्यको बारेमा सचेत रहन सक्नुहुन्छ । यसका साथै, यस उपकरणले तपाईको स्वास्थ्य लेबल सहजै बुझ्नका लागि व्यक्तिगत गविविधि इन्टिलिजेन्सका सबै म्याट्रिक्स र आउटपुट संकलन गर्दछ ।

ठूलो स्क्रिन र थपिएका नयाँ विशेषताहरुलाई संचालन गर्न मी स्मार्टब्यान्डको ब्याट्रीले निरन्तर १४ दिनसम्मको प्रयोगको समर्थन गर्दछ।

रेडमी सोनिकबेस वायरलेस इयरफोन
रेडमी सोनिकबेस वायरलेस इयरफोनमा ह्यासल प्रि अनुभवका लागि स्लिक, मिनिलास्टिक र म्याट फिनिश डिजाइनका साथ म्यागनेटिक इयरबड छ । यो हलुका तौलको छ र घाटिमा आरामदायी तरिकाले राख्न मिल्ने गरि डिजाइन गरिएको छ ।

यी इयरफोनहरु भारी बेस टोनका इमर्सिभ म्युजिक सुन्नका लागि कस्टम ट्यून गरिएको छ, भ्वइस कलहरुको उच्च टोन कायम राख्दै यस प्रकारको एक प्रभावशाली समग्र ध्वनीको सन्तुलन प्रदान गर्दछ । यसको उत्कृष्ट ध्वनी गुणस्तर र फराकिलो फ्रिक्वेन्सी दायराले यसलाई वायरलेस इयरफोन श्रेणीमा प्रयोगकर्ताका लागि उत्तम विकल्प बनाउँदछ ।

रेडमी सोनिकबेस वायरलेस इयरफोनका साथ पार्टी कहिले रोकिदैन जसले १२ घण्टा निर्बाध म्युजिक प्लेब्याक प्रदान गर्दछ । बहु परिदृश्यहरुमा वृद्धि हुने उपयोगिताका लागि यो आइपीएक्स ४ रेटिंगका साथ आउँछ र यसलाई पसिना र स्प्लेश प्रतिरोधी र फिटनेश व्यवस्थाका लागि आदर्श बनाउँदछ । डुअल पेयरिंग टेक्नोलोजी रेडमी सोनिकबेस वायरलेस इयरफोनको स्ट्यान्डआउट विशेषता हो जसले नेकब्यान्डलाई एकै पटक दुईवटा उपकरणहरुसंग जडान गर्दै स्वचालित रुपमा दुवैबीच स्वीचिंगको विकल्पसाथ दुवैमा सक्रिय रहन अनुमति दिन्छ ।

प्रयोगकर्ताहरुले स्पष्ट र पारदर्शी अडियो अनुभव प्रदान गर्न बाह्य शोरलाई रद्द गर्ने डुअल माइक नोइज क्यानसिलेसन टेक्नोलोजिका साथ कलमा उच्च अडियो गुणस्तरको अनुभव लिन सक्दछन् । यो इयरफोनहरुमा उच्च स्पिड र स्थिर कनेक्टिभिटीका लागि ब्लुटुथ ५.० सक्षम छ जसले गुगल एसिस्टेन्ट र सिरि सपोर्ट गर्दछ ।

मूल्य र उपलब्धता
रेडमी ९सी तीन कलर भेरियन्ट— सनराइज ओरेन्ज, ट्वीलाइट ब्लु र मिडनाइट ग्रेमा उपलब्ध हुनेछ । यो २जीबी+३२जीबी भेरियन्ट रु.१२,९९९ मा उपलब्ध हुनेछ भने ३जीबी+६४जीबी भेरियन्ट रु. १४,९९९ मा उपलब्ध हुनेछ।

मी स्मार्ट ब्यान्ड ५ रु.४,४९९ मा उपलब्ध हुनेछ। त्यस्तै रेडमी सोनिकबेस वायरले इयरफोन रु.२०,९९ मा उपलब्ध हुनेछ। यी सबै उत्पादनहरु आधिकारिक मी स्टोर, अनलाइन पार्टनर र रिटेल पार्टनरहरुमा आजदेखि उपलब्ध हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad