अर्थमन्त्री डा. युवराज खतिवडा अर्थ मन्त्रालयबाट विदा भएका छन्।
सांसदकाे रुपमा कार्यकाल सकिएपछि पनि पुनः नियुक्ति पाएका उनको संबैधानिक व्यवस्था अनुसार भोलि भदौ २० गतेदेखि मन्त्री पदको कार्यकाल सकिन्छ।
कार्यकाल सकिनु एक दिनअघि उनी अर्थमन्त्रालयबाट बिदा भएका छन्।
आज शुक्रबार मन्त्रीपरिषद् बैठकमै आजै राजिनामा दिने जानकारी गराएका खतिवडा अर्थ मन्त्रालय आएर बिदा भएका हुन्।
उनले त्यस अवसरमा त्यहाँ सामुाहिक तस्बिर खिचाएर विदा भएका थिए।
सरकारको प्रवक्ता र सूचना तथा सञ्चार प्रबिधिमन्त्री समेत रहेका खतिवडा अर्थ मन्त्रालयबाट बिदा भएर सञ्चार मन्त्रालय समेत पुगेका थिए।
त्यहाँ सरकारी मिडियाका प्रतिनिधिलाई समेत बोलाएका उनले सञ्चार मन्त्रालयमा आफ्नो अनुभवबारे पनि संक्षिप्त धारणा राखेका थिए।
उनले आमसञ्चार, सूचना प्रविधि, विज्ञापन प्रविधिबारे सामान्य जानकार रहेको भए पनि सो मन्त्रालय नै सम्हाल्नुपर्ने जिम्मेवारी भने अनपेक्षितरुपमा आइपरेको बताएका थिए।
उनले सरकारको प्रवक्ताको समेत जिम्मेवारी आउला भन्ने हिसाबले आफू त्यसप्रति मानसिकरुपमा तयार नरहेको अनुभूति समेत बाँडेका थिए।
मन्त्री खतिवडाले आफू सञ्चार मन्त्रालयमा रहँदा कतिपय विषयमा विधि स्थापित गर्ने प्रयास गरेको बताए।
उनले आफ्नो व्यक्तिगत अभिष्टका लागि कुनै निर्णय नगरेको दाबी गरेका थिए।
याे पनि:
- अर्थ मन्त्रालयमा खतिवडाका साढे दुई वर्षः सर्वसाधारणले अनुभूति गर्न नपाएको विज्ञता
- नयाँ अर्थमन्त्रीको चर्चामा तीन पूर्व अर्थमन्त्री

प्रतिक्रिया