ad ad

कारोबार


पर्यटनमन्त्री भट्टराई भन्छन्ः कोरोनाको खोप १ वर्षपछि मात्रै सर्वसाधारणको पहुँचमा

पर्यटनमन्त्री भट्टराई भन्छन्ः कोरोनाको खोप १ वर्षपछि मात्रै सर्वसाधारणको पहुँचमा

नेपालखबर
भदौ १७, २०७७ बुधबार १०:२५,

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले १ वर्षपछि मात्रै सर्वसाधारणसमक्ष कोभिड १९ को खोप उपलब्ध हुने बताएका छन्।

उनले विश्वमा तेस्रो चरणको खोप परीक्षण भइरहेकाले ६ महिनाभित्र खोप पत्ता लाग्ने र त्यसको ६ महिनापछि सबै नेपालीले पाउने बताएका हुन्।

एलिट क्लबको आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा मन्त्री भट्टराईले खोप नबनेसम्म कोभिड १९ नियन्त्रणमा नआउने बताए।

‘चीन र रुस लगायत देशले तेस्रो चरणको परीक्षण गरेका छन्’, मन्त्री भट्टराइले भने, ‘६ महिनामा भ्याक्सिन आउला त्यसको ६ महिनापछि आम सर्वसाधारणको हातमा पुग्ने अनुमान छ।’

उनले नेपालमा कोरोनाको अवस्था नियन्त्रणबाहिर नगएको बताए।

‘नेपालीले संयम अपनाइरहँदा नियन्त्रणबाहिर नगएको विश्लेषकले बताउँदै आउनुभएको छ। अब उच्च सतर्कताका साथ व्यवसाय विस्तारै खोल्दै लैजानुपर्छ’, उनले भने।

नेपालमा कोभिडको नियन्त्रण हुँदा मात्रै अन्तर्राष्ट्रिय पर्यटक ल्याउनसक्ने सम्भावना रहेकोले कोभिड नियन्त्रण भए आन्तरिक पर्यटन खुला गर्दै लैजानुपर्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .