कारोबार


एभरेष्ट बैंकद्वारा पीसीआर परीक्षणका लागि सेन्ट्रल डायग्नोस्टिक ल्याबोरेट्रीसँग सहकार्य

एभरेष्ट बैंकद्वारा पीसीआर परीक्षणका लागि सेन्ट्रल डायग्नोस्टिक ल्याबोरेट्रीसँग सहकार्य

नेपालखबर
भदौ ११, २०७७ बिहिबार १५:३६,

एभरेष्ट बैंक लिमिटेडले आफ्नो ग्राहकहरुको सुरक्षालाई ध्यानमा राखी आरटीपीसीआर परीक्षणको लागि सेन्ट्रल डायग्नोस्टिक ल्याबोरेट्री (सीडीएल), कमलपोखरी सँग सहकार्य गरेको छ।

हाल कोविड( १९ को कठीन समयमा ग्राहकहरुको सहजताको लागि एभरेष्ट बैंकले आरटी–पीसीआर परीक्षणमा छुटको व्यवस्था गरेको छ। जस अन्तर्गत एभरेष्ट बैंकको डेबिटरक्रेडिट कार्ड होल्डर ग्राहकहरुले सीडीएलबाट पीसीआर परीक्षण गर्दा सरकारी दर अनुसार लाग्ने रु पाँच हजार पाँच सयमा १० प्रतिशत छुट प्राप्त गर्नेछन्।

नगद करोबारमा पनि कोविड(१९ को जोखीम भएको हुँदा, ग्राहकहरुले ईबीएल मोबाईल बँकिङ्ग एप (ईबीएल टच२४) प्रयोग गरेर पनि कोविड-१९ परीक्षण शुल्क भुक्तानी गर्न सक्नेछन्। बैंक र सीडीएल बीचको सहकार्य, बैंकका नायब महाप्रबन्धक, डा.सन्धीर कुमार र सिडीएल प्रयोगशालाका कार्यकारी निर्देशक, मनीष पोखरेलको उपस्थितिमा सम्पन्न भएको छ।

स्थापना कालदेखि नै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म ११ लाख भन्दा बढी सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरि छरिएर रहेको आफ्नो ९५ शाखा संजाल, प्रादेशिक कार्यालय ,१२४ एटीएम बुथ सहित अत्याधुनिक मोबाइल र इन्टरनेट एसएमएस बैकिङ सुबिधा प्रदान गर्दै आइरहेको छ।

यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad