राष्ट्रिय वाणिज्य बैंकको सञ्चालकमा प्राडा उपेन्द्र कोइराला नियुक्त भएका छन्। मन्त्रिपरिषद्को बैठकले उनलाई सोमबार सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो।
बैंकको अध्यक्ष पद पनि खाली छ। तर सञ्चालकहरुमध्ये एक जना अध्यक्षको छनोट हुनेछ। यसअघि अध्यक्ष रहेका निर्मलहरि अधिकारीलाई राजस्व बोर्डमा नियुक्ति दिएपछि उक्त पद खाली छ।
बैंकको सञ्चालकमा अर्थ मन्त्रालयको प्रतिनिधिको रुपमा धनिराम शर्मा रहेका छन् भने अन्य सदस्यहरुमा जनककुमार बराल, प्राडा राजनबहादुर पौडेल, रोमिला ढकाल उप्रेती र प्राडा माधवप्रसाद दाहाल रहेका छन्।
सोमबार नियुक्ति पाएका प्राडा उपेन्द्र कोइराला अध्यक्षका प्रमुख दाबेदर देखिएका छन्। उनी उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलका सम्धी पनि हुन्।

प्रतिक्रिया