एनआई सी एशिया बैंक लिमिटेडले मिति २०७६ श्रावण ६ गते सोमबारको दिन ‘एन आई सी एशिया डिबेन्चर २०८३/८४’ बिक्रीको लागि सार्वजनिक आह्वान गरेको छ।
१०.२५ प्रतिशत वार्षिक ब्याजदर रहेको रु. १,००० प्रति कित्ताको दरले ४४ लाख कित्ता रहेको रु ४ अर्ब ४० करोडको उक्त ऋणपत्रको व्याज अर्धवार्षिक रूपमा भुक्तानी गरिने र ऋणपत्रको अवधि ७ वर्षको हुने छ।
ऋणपत्रको निष्काशन रकम रु. ४ अर्ब ४० करोडको ६० प्रतिशत अर्थात् रू. २ अर्ब ६४ करोड व्यक्तिगत तवरमार्फत् निष्काशन गरिएको छ भने रु. ४ अर्बको ४० करोडको ४० प्रतिशत अर्थात् रू. १ अर्ब ७६ करोड सर्वसाधारण लगानीकर्ताको लागि सार्वजनिक निष्काशन विधिमार्फत् निष्काशन गरिनेछ।
बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको उक्त ऋणपत्रको लागि मिति २०७६/०४/०९ देखि सर्वसाधारणको लागि बिक्री खुला भई छिटोमा २०७६÷०४÷०९ तथा ढिलोमा २०७६/०५/०३ सम्म विक्री खुल्ला रहने छ।

प्रतिक्रिया