नेपाली नारीहरुको महान् चाड तीजको अवसरमा तीज रेडी सेल्फी प्रतियोगिता सुरु भएको छ। पोन्ड्स नेपाल र डोभ नेपालले नयाँ तीज रेडी सेल्फी प्रतियोगिता सुरु गरेका हुन्।
पोन्ड्स नेपाल र डोभ नेपालले तीज महोत्सव मनाउन उत्साहित नेपाली महिलाहरूको लागि सेल्फी प्रतियोगिता आयोजना गरेको छ। यस सेल्फी प्रतियोगितामा भाग लिनको लागि महिला सहभागीहरुले तीज मनाउनको लागि तयार भएको आफ्नो फोटो पोन्ड्स नेपाल तथा डोभ नेपालको आधिकारिक फेसबुक पेजको इनबक्समा पठाउनुपर्नेछ।
ती फोटोहरु प्राप्त भएपश्चात् प्रतियोगीहरुको सहमतिसँग पोन्ड्स नेपाल र डोभ नेपालको अधिकारिक फेसबुक पेजमा पनि अपलोड गरिने कम्पनीहरुले जनाएका छन्। साथै सहभागीहरुको आफ्नो फेसबुक पेजमा पनि आफ्नो फोटो अपलोड गर्नुपर्नेछ।
अपलोड भएका फोटोहरुमध्ये उत्कृष्ट १० सहभागीलाई यस प्रतियोगिताको विजेता घोषणा गरिनेछ। विजेताले उपहारस्वरुप पोन्ड्स र डोभको तर्फबाट गिफ्ट ह्याम्पर पाउनेछन्।
यो प्रतियोगिता भदौ १६ गतेसम्म सञ्चालन हुनेछ।

प्रतिक्रिया