कारोबार


बुबाको मुख हेर्ने दिन विद्यार्थीलाई टेलिकमको यस्तो अफर : ५ सयमै ३५ जीबी डाटा

बुबाको मुख हेर्ने दिन विद्यार्थीलाई टेलिकमको यस्तो अफर : ५ सयमै ३५ जीबी डाटा

नेपालखबर
भदौ ३, २०७७ बुधबार ६:५१,

कोरोना महामारीको कारणले आफ्ना सन्ततिहरुको पठनपाठनका लागि चिन्तित रहेका अभिभावकहरुका सन्ततिहरुको पठनपाठनमा उपयुक्त हुने ह्याप्पी लर्निङ प्याक नेपाल टेलिकमले आज कार्यान्वयनमा ल्याएको छ।

यो प्याक निकै सस्तो मूल्यमा उपलब्ध रहेको टेलिकमले जनाएको छ। कम्पनीका अनुसार प्याकेजबाट विद्यालय र विश्वविद्यालयको पठनपाठन अनलाइनको माध्यमबाट प्रभावकारी रुपले सञ्चालन गर्न सकिनेछ ।

सो प्याकेजअन्तर्गत ३ सय १५ रुपैयाँमा २४ जीबी र ५ सय रुपैयाँमा ३५ जीबी डाटा उपलब्ध छ। २४ जीबी डाटामध्ये २० जीबी डाटा जुम, माइक्रोसफ्ट टिम्स र गुगल मिटमा ई–लर्निङ एप्लिकेसन प्रयोग गर्नका लागि र बाँकी ४ जीबी डाटा अन्य कुनै पनि एप्लिकेसन प्रयोग गर्न उपयोग गर्न सकिन्छ। यसैगरी ३५ जीबी डाटामध्ये ३० जीबी डाटा माथि उल्लिखित जुम, माइक्रोसफ्ट टिम्स र गुगल मिटमा इ–लर्निङ एप्लिकेसन प्रयोग गर्नका लागि र बाँकी ५ जीबी डाटा अन्य कुनै पनि एप्लिकेसन प्रयोग गर्न उपयोग गर्न सकिनेछ। यी दुवै प्याकेजको समयावधि २८ दिनको हुनेछ।

प्याकेज प्रयोग गर्न चाहने सम्बन्धित शैक्षिक संस्थाहरुले आफ्ना शिक्षक र विद्यार्थीहरुको नेपाल टेलिकमको मोबाइल नम्बरसहितको नामावली कम्पनीले उपलब्ध गराएको इमेल ठेगाना ९भमगउबअप२लतअ।लभत।लउ० मा पठाउनुपर्नेछ।

सिफारिस प्राप्त भएका नम्बरहरुलाई कम्पनीले एसएमएसमार्फत सन्देश पठाएर प्याकेज खरिद गर्न सुचना दिनेछ। एसएमएस प्राप्त भएपछि तिनै नम्बरहरुबाट स्टार१४४१ह्याक्स डायल गरी उपलब्ध दुईमध्ये कुनै एक छनौट गरी प्याकेज खरिद गर्न सकिन्छ। ह्याप्पी लर्निङ प्याक नेपाल टेलिकमले प्रदान गर्ने जीएसएम मोबाइल (टुजी, थ्रिजी र फोरजी) को डाटा सेवामार्फत प्रयोग गर्न सकिनेछ। यो प्याकेज आफूलाई उपयुक्त हुने कुनैपनि समयमा प्रयोग गर्न सकिनेछ।

विद्यार्थी अफरअन्तर्गत स्टार१६००ह्याक्स डायल गरी सिम रजिष्ट्रेसन गर्नुभएका एसईईका विद्यार्थीहरुले पनि नेपाल टेलिकमको आफ्नो सिमकार्ड भएको मोबाइलबाट स्टार१४४१ह्याक्स डायल गरी ह्याप्पी लर्निङ प्याक खरिद गर्न सकिने कम्पनीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad