कारोबार


बैंकमा धाउनै नपर्ने ‘एनएमबी ओम्निच्यानल’

बैंकमा धाउनै नपर्ने ‘एनएमबी ओम्निच्यानल’

नेपालखबर
भदौ २, २०७७ मंगलबार ८:५४,

एनएमबी बैंकले नेपालको डिजीटल बैंकिङ्गको वर्तमान अवस्थामा एक सफल प्रयास सिर्जना गर्न दुवै वेब र मोबाइल एप्लिकेशनमा ‘एनएमबी ओम्निच्यानल’ प्रस्तुत गरेको छ। ‘साँच्चै डिजिटल बैंकिङ अनुभव’ मूल मन्त्रसहित ओम्निच्यानल डिजाइन गरी बैंकिङ क्षेत्रमै यो पहिलो पटक अघि सारिएको हो।

एनएमबी ओम्निच्यानलको साथले अब ग्राहकहरूले नियामक निकायका आवश्यकताहरू बाहेक बैंकसम्म नधाइकनै आफ्नो मोबाइल फोन र अन्य अनलाइन प्लेटफर्मबाट मुख्य बैंकिङ गतिविधिहरू सञ्चालन गर्न सक्नेछन्।

केवाईसी अपडेट गर्न, पिन र पासवर्ड रिसेट गर्न, टीडीएस स्टेटमेन्टहरू हेर्न, बचत र एफडी खोल्न/बन्द गर्न, समय अगावै एफडी प्रिम्याचुअर गर्न, एफडी बापत कर्जा लिन, खाताको उद्देश्य, कारोबार संख्या, रकमको स्रोत, प्यान, भ्याट, स्थायी ठेगाना, बैवाहिक स्थिति, पेशा अपडेट गर्न, चेक बुक अनुरोध गर्न, चेक भुक्तानी रोक्का गर्न, खाता सक्रिय गर्न, नयाँ डेबिट कार्ड अनुरोध गर्न, नवीकरण गर्न, रिसेट वा रोक्का गर्न, एक भन्दा बढी खाताहरू हेर्न, डिमांड ड्राफ्टहरू जारी गर्न, एफडीआई प्रमाणपत्र प्राप्त गर्न, युएसडी कार्ड अनुरोध गर्न, टप अप गर्न, कर्जा योग्यता परीक्षण गर्न, खाताको स्टेटमेण्ट हेर्न ब्यालेन्स प्रमाणपत्र प्राप्त गर्न, टिडीएस प्रमाणपत्र प्राप्त गर्न, स्विफ्ट ट्रान्सफर अनुरोध गर्न र अन्य विविध सेवाहरू शाखासम्म पुग्नुको सट्टा ओम्निच्यानलको प्लेटफर्म मार्फत प्राप्त गर्न सकिन्छ।

सुविधाहरू समयसापेक्ष अपग्रेड गर्दै र प्रस्तुत गर्दै लगिने बैंकले जनाएको छ। ग्राहकहरूले आइओएसका लागि एप स्टोर र एन्ड्रोइडका लागि गुगल प्लेबाट बैंकको ‘इएनएमबी’ मोबाइल एप्लिकेसन डाउनलोड गरेर उक्त सेवा सुरू गर्नको लागि प्रक्रियाहरु अनुसरण गर्न सक्नेछन्।

‘एनएमबी ओम्निच्यानलले ग्राहकहरूले नेपालमा डिजिटल बैंकिङको अनुभवमा परिवर्तनको शुरुवात गर्दैछ। ग्राहकहरुले अब मोबाइल र इन्टरनेट बैंकिङको परम्परागत उपयोगको सीमितता भन्दा माथी उठेर बैंकमा नधाईकनै प्रशस्त सम्भावनाहरु सहित मुख्य बैंकिङ गतिविधिहरु संचालन गर्न सक्छन। हामी खुशी छौं कि यस कोभिडको परिवेशको बीचमा पनि एनएमबि ओम्निच्यानलले हाम्रा ग्राहकहरूको लागि घरमै बसी सुरक्षित तवरले बैंकिङ कारोवारको निरञ्तरताको चाहना सहजै पुरा गराउँदैछ। एनएमबी ओम्निच्यानल एक शुरु देखि अन्त्यसम्मको प्रक्रिया हो जसले सवै प्रकारको म्यानुअल कामलाइृ निर्मुल पार्दै पारदर्शिता, त्रुटिमुक्त र कागजविहीन बैंकिङ सुनिश्चित गर्दछ जुन बैंकको ग्लोबल एलायन्स फर भ्यालु बेस्ड बैंकिङका सदस्यको नाताले वातावरण मैत्री बैंकिङ प्रति प्रतिबद्धता परिपुर्ति गर्नु रहेको छ’, बैंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .