शाओमी नेपालले आफ्नो आधिकारिक सर्भिस सेन्टर ताम्राकार कम्प्लेक्समा सञ्चालनमा ल्याएको छ। शाओमीका स्मार्टफोन प्रयोगकर्ताहरुको सुविधालाई ध्यानमा राखेर शाओमी नेपालले ताम्राकार कम्प्लेक्सको पाँचौं तल्लामा आफ्नो आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको हो।
सर्भिस सेन्टरको उद्घाटन शाओमी नेपालका कन्ट्रि हेड सौरभ कोठारी, शाओमीका साउथ एसिया सर्भिस हेड मिन्तेस कुमार, टेली डिरेक्टका संजय अग्रवाल, वत्सल इम्पेक्सका गौरव शारदा, ईसीआरसीका संजित पौडेललगायत कम्पनीका अधिकारीहरु तथा प्रतिनिधिले संयुक्तरुपमा गरेका हुन्।

सो सर्भिस सेन्टरमा शाओमीको कुनै पनि स्मार्टफोन, एसेसरिजको मर्मत सर्विस उपलब्ध हुनेछ भने ग्राहकहरुको चाहनाअनुसार विभिन्न किसिमका एसेसरिज पनि किन्न सकिने सुविधा उपलब्ध रहेको छ।
सर्भिस सेन्टरले नेपाली सेवाग्राहीहरुलाई शाओमीको अन्तर्राष्ट्रिय स्तरको सर्भिस दिने जनाएको छ ।
Shares

प्रतिक्रिया