कारोबार


चीनमा एकै वर्ष विस्तार भयो १३ सय १० किलोमिटर रेलवे

चीनमा एकै वर्ष विस्तार भयो १३ सय १० किलोमिटर रेलवे

नेपालखबर
साउन २५, २०७७ आइतबार ७:४३,

चीनमा गत जुलाई महिनाको अन्त्यसम्ममा कुल १ लाख ४१ हजार ४०० किलोमिटर रेलसेवाको सञ्जाल विस्तार भएको छ ।

सिन्ह्वाका अनुसार राष्ट्रिय रेलवे कर्पोरेसनका अनुसार उक्त सञ्जालमध्ये देशभर ३६ हजार किलोमिटर उच्च गतिको रेलसेवा रहेको छ ।

कर्पोरेसनले जुलाईमा मात्र चिनियाँ रेलवेको चल सम्पत्तिमा ९ अर्ब ६७ करोड अमेरिकी डलर लगानी गरिएको जनाएको छ। पछिल्लो समय चीनले ठूला र मध्यम क्षमताका रेलको विस्तारमा बढी लगानी गरेको छ ।

रेलसेवाको विस्तार र सुधारमा अघिल्लो वर्षको तुलनामा यस वर्ष करिब ११.३ प्रतिशतले बढी खर्च गरिएको कर्पोरेसनले जनाएको छ ।

पहिलो सात महिनाको अवधिमा एक हजार ३ सय १० किलोमिटर नयाँ रेलवे लाइन सुरु भएको छ जसमा ७ सय ३३ किलोमिटर उच्च गतिको रेलवे समेत रहेको कर्पोरेसनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad