सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ‘आईजिलियन्ट टेक्नोलोजी, ईन्डिया’ सँगको सहकार्यमा ‘३डी सेक्युर’सेवा प्रारम्भ गरेको छ।
सो सम्झौता अनुसार सेञ्चुरी कमर्सियल बैंकको भिसा डेबिट, क्रेडिट तथा ट्राभल कार्डबाट पैसा निकाल्न र सामान खरीद गर्न मात्र सिमित नभई अब यि कार्डहरुबाट विभिन्न अनलाइन माध्यमबाट पनि सजिलै र सुरक्षित रूपमा सामान खरिद गर्न सकिन्छ।
‘३डी सेक्युर’ सेवामा ग्राहकहरुले कार्ड प्रयोग गर्दा ‘अनटाइम पासवर्ड (ओटीपी)’ आफ्नो आधिकारिक मोबाइल वा इमेलमा प्राप्त गर्न सक्नेछन्। ‘३डी सेक्युर’सेवामा कार्ड र ‘ओटीपी’ दुवै आवश्यक पर्ने हुँदा कारोबार पूर्ण रूपले सुरक्षित हुन्छ।
अन्य जानकारीका लागि बैंकको वेबसाइट तथा बैंकका शाखा कार्यालयहरुमा सम्पर्क राख्न आग्रह गरिएको छ।

प्रतिक्रिया