ad ad

कारोबार


रुग्ण उद्योग संचालनका उपाय सुझाउन सरकारले बनायो कार्यदल

रुग्ण उद्योग संचालनका उपाय सुझाउन सरकारले बनायो कार्यदल

नेपालखबर
साउन २२, २०७७ बिहिबार ११:१५,

सरकारले रुग्ण उद्योग समस्या र सञ्चालनका उपायबारे मोडालिटी सहितको अध्ययन प्रतिवेदन पेश गर्न एक कार्यदल गठन गरेको छ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा सोमबारको मन्त्रिपरिषदले पूर्वसचिव दीपक सुवेदीको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरेको हो।

कार्यदललाई सार्वजनिक तथा निजी क्षेत्रका उद्योगको भौतिक, वित्तीय, प्राविधिक तथा बजार प्रणाली र व्यवस्थापकीय पक्षको लेखा परीक्षण गरी रुग्ण उद्योगको पहिचान गर्ने, उद्योगहरु रुग्ण हुनुको कारण, पुनरुत्थानको योजनाको मोडालिटी बनाउने लगायतका कार्यादेश तोकिएको सरकारका प्रवक्ता समेत रहेका अर्थ तथा संचारमन्त्री युवराज खतिवडाले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .