कारोबार


ट्रम्पले टिकटक र माइक्रोसफ्टबीच हुने सम्झौतामा आर्थिक हिस्सा खोजे

ट्रम्पले टिकटक र माइक्रोसफ्टबीच हुने सम्झौतामा आर्थिक हिस्सा खोजे

नेपालखबर
साउन २०, २०७७ मंगलबार १०:५९,

तर यतिबेला ट्रम्प केही लचक देखिएका छन्। अमेरिकामा टिकटकले माइक्रोसफ्टको मातहतमा आएर सेवा दिने भए आफूले टिकटकलाई अमेरिकामा प्रतिबन्ध नलगाउने ट्रम्पले हाल बताएका छन्।

ट्रम्पले ४६ दिनभित्र सम्झौता गरिसक्न भनेर समयसीमा पनि तोकिदिएका छन्।

ट्रम्पले माइक्रोसफ्ट र टिकटकबीच सम्झौता भए अमेरिकी सरकारलाई यस सम्झौतामा भएको आर्थिक हिस्सामा समावेश गरिनुपर्ने पनि माग गरेका छन्।

हाल टिकटक र माइक्रोसफ्टबीच छलफल भइरहेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। यी कम्पनीहरुको सम्झौता कति बजेटमा हुने भनेर हालसम्म तय भएको छैन।

ट्रम्पले भने अमेरिकी सरकारलाई आर्थिक हिस्सा प्रदान गरिनुपर्ने बताइरहेका छन्।

प्रयोगकर्ताको डेटा सेक्युरिटीको विषयमा विवाद झेल्दै आएको विश्वकै चर्चित मनोरन्जनात्मक एप टिकटक हालै मात्र अमेरिकी स्वामित्वमा जान राजी भएको थियो।

ट्रम्पले चिनियाँ प्रविधि कम्पनी तथा एप अमेरिकी सुरक्षामा खतरा उत्पन्न गराउने खालको भएका बताएका थिए।

यसअघि हुवावे लगायतका प्रविधि कम्पनीहरु अमेरिकामा प्रतिबन्धित भइसकेका छन्।

प्रविधिको क्षेत्रमा अमेरिका चीनभन्दा पछि परेकाले अमेरिकाले चीनलाई अगाडि बढ्न नदिन चिनियाँ प्रविधि कम्पनी तथा एपहरुमा प्रतिबन्ध लगाएको चिनियाँ विश्लेषहरुको भनाइ छ।

अमेरिकाले विश्वभरका मुलुकलाई चिनियाँ सामग्री प्रयोग नगर्न अपिल गर्दै आएको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad