कारोबार


हिमाल चढ्नेले अनुमति पाउँछन् तर पीसीआर रिपाेर्ट अनिवार्य देखाउनुपर्छ : विभाग

हिमाल चढ्नेले अनुमति पाउँछन् तर पीसीआर रिपाेर्ट अनिवार्य देखाउनुपर्छ : विभाग

नेपालखबर
साउन १६, २०७७ शुक्रबार १०:४९,

सरकारले हिमाल चढ्न चाहने पर्यटकलाई अनुमति दिने भएको छ। कोभिड १९को महामारीका कारण चैतदेखि बन्द भएको हिमाल आरोहण खुलेको पर्यटन विभागले जनाएको हो।

विभागले मन्त्रिपरिषदको निर्णयको आधारमा हिमाल चढ्न चाहनेलाई अनुमति दिने जनाएको छ।

‘हिमाल चढ्नको लागि अनुमति लिन आउनुभयो भने हामी दिन्छौँ’, विभागका निर्देशक मिरा आचार्यले नेपालखबरसँग भनिन्, ‘अनुमति लिन आउँदाँ पीसीआर रिपोर्ट अनिवार्य गरेका छौँ।’

विभागले हिमाल आरोहण गर्न चाहनेलाई अनुमति दिने भने पनि सरकारले अहिले एक जिल्लाबाट अर्को जिल्ला आवागमनको लागि प्रतिबन्ध लगाएको छ। अत्यावश्क काम भएका सवारी पास लिएर आउजाउ गर्न सक्ने सरकारले बताउँदै आएको छ।

विभागकी निर्देशक आचार्य भने स्थानीय तह, एक जिल्लाबाट अर्को जिल्ला जाने आन्तरिक व्यवस्था विभागले मिलाउने बताउँछिन्।

‘हामीले केही स्थानीय तहसँग पनि कुरा गरेका छौँ। स्थानीय तहले पनि पीसीआरको आधारमा हिमाल चढ्न दिनसकिने बताउनुभएको छ। हामीले अनुमति दिएपछि सम्बन्धित स्थानीय तहसँग पनि सहजीकरण गरिदिन्छौँ’, उनले भनिन्।

सरकारले साउन १५ गतेबाट पर्यटकीय क्षेत्र तथा व्यवसाय खोल्ने निर्णय गरेको थियो। व्यवसायीहरुले होटल तथा पर्यटकसम्बन्धी कार्यालय खुल्ला गरे पनि कुनै गतिविधि नभएको बताएका छन्।

होटल संघ पोखराका अध्यक्ष विकल श्रेष्ठले साना होटल खुले पनि कुनै चहलपहल नभएको बताए।

‘होटल खोलेका छौँ। पर्यटक आउजाउ छैन। अहिले कर्मचारीलाई सुरक्षा विधि कसरी अपनाउने त्यो सिकिरहेका छन्’, उनले भने, ‘भदौ १ देखि उडान खुलेसंगै पर्यटन आवागमन पनि बढ्ने विश्वास छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad